Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुन्दर सुदूरपश्चिम: धार्मिक र पर्यटकीय अनुपम गन्तब्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ १९, सोमबार ०८:२३
सुन्दर सुदूरपश्चिम: धार्मिक र पर्यटकीय अनुपम गन्तब्य
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

विशन देव जोशी

सुदूरपश्चिम नेपालको एक यस्तो क्षेत्र हो, जसले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको त्रिवेणी सिर्जना गरेको छ। यहाँका मन्दिरहरूले आध्यात्मिक शान्ति प्रदान गर्छन्, प्राकृतिक सम्पदाहरूले पर्यटकहरूलाई लोभ्याउँछन् र ऐतिहासिक स्थलहरूले गौरवशाली अतीतको कथा सुनाउँछन्। सुदूरपश्चिमको यो विविधताले यसलाई नेपालको पर्यटकीय नक्शामा विशेष स्थान दिलाएको छ।

यहाँको सम्पदाको संरक्षण र प्रचारप्रसारले यो क्षेत्रलाई विश्वस्तरमा चिनाउने अवसर प्रदान गर्नेछ। देश संघीयतामा जानु अघि र संघीयतापश्चात पनि आफ्नो भौगोलिक र सांस्कृतिक पहिचानलाई अखण्ड राख्ने सक्ने एउटा मात्रै प्रदेश हो सुदूरपश्चिम प्रदेश। जहाँ तराई, पहाड हिमाल भौगोलिक रुपमा एक मालामा उनिएका छन् भने, विभिन्न भाषाभाषी, धर्म र संस्कृतिका समुदायहरू आपसमा भातृत्वभावका साथ गाँसिएका छन्।

धार्मिक, पर्यटकीय र ऐतिहासिक सम्पदाहरूको कारण विशेष पहिचान बनाएको यो क्षेत्र, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पुरातात्विक महत्वले भरिपूर्ण छ। यहाँका मन्दिरहरू, तालतलैया, सुन्दर पहाड र समथर ताराईका भु-भाग अनि देवताहरूको देवभुमीका रुपमा बेग्लै पहिचान सहितको यो पावन भुमीले देशलाई हरेक कालखण्डमा अथाह गुण लगाएको छ, तर गुनासो कहिले पोखेन।

१०४ वर्षे जहानीया राणा शासनको अन्त्यका लागि सुदूरको बैतडी जिल्लामा जन्मेका वीर सपुत दशरथ चन्दले देशका लागि आहुती दिई यो देशलाई कहिल्यै नभुल्ने गुण लागएका छन्। उनको बलिदानले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान पुर्याहएको छ। यसै गरि दरवार भित्र मात्रै सिमित रहेको शिक्षालाई राणा र राजाका छोराछोरी बाहेक अरूले पनि सहजै पढ्न पाउनुपर्छ भनि अक्षरांशको शुरुवात गरि शिक्षालाई दरावार भन्दा वाहिर ल्याउने र दुर्गमको विकट जिल्ला बझाङ्गसम्म शिक्षाको ज्योती छर्ने सहास पनि तत्कालीन बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंहले गरेका थिए।

द्वारिका देवी ठकुरानी सुदूरपश्चिमकी एक ऐतिहासिक व्यक्तित्व हुन्, जसले नेपालकै पहिलो महिला मन्त्री बनेर इतिहास रचिन्। वि.सं. २०१५ सालमा भएको पहिलो प्रजातान्त्रिक निर्वाचनमा उनले डडेल्धुराको निर्वाचन क्षेत्र नं. ६६ बाट नेपाली कांह्ग्रेसको तर्फबाट उम्मेदवार बनेर विजयी भइन् र यो जीतले उनलाई नेपालकै पहिलो निर्वाचित महिला सांसद बनायो, भने वि.सं. २०१६ जेठ १३ मा विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रिमण्डलमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री बनेर उनले नेपालकै पहिलो महिला मन्त्रीको रूपमा इतिहास रचिन्।

त्यसपश्चात पनि देशको नेतृत्व गर्ने सौभाग्य सुदूरपश्चिमले बारम्बार पाईरह्यो। जहाँ डा. के आई.सिंह, लोकेन्द्र बहादुर चन्द र शेर बहादुर देउवाले देशकै नेतृत्व सम्हाली सकेका छन् भने, सार्वजनिक प्रशासनिक, सेना र प्रहरीको क्षेत्रमा पनि कयौँ कुशल प्रशासक, उच्च नेतृत्व दिएको सुदूरपश्चिम दुर्भाग्य नै भन्नुपर्छ अझै पनि विकासको मुलप्रवाहमा बामे सर्दैछ। कयौँ खेलका राष्ट्रिय तथा अन्तररार्ष्ट्रिय खेलाडी उत्पादन गरिरहेको सुदूरपश्चिक खेलको उर्वर भूमी नै हो।

सुदूरपश्चिम धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण छ। यहाँका मन्दिरहरू र तीर्थस्थलहरूले हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासलाई प्रतिबिम्बित गर्छन्। बैतडी जिल्लामा अवस्थित निङ्गलाशैनी भगवती, मेलौली भगवती, रणशैनी भगवती , त्रिपुरासुन्दरी भगवती, जगन्नाथ, केदार नागार्जुन, गणमेश्व, भुमिराज, पातालभुमेश्व, पञ्चदेवल लगायतका प्रशिद्ध मठमन्दिर त्यसै गरि डडेल्धुराको उग्रतारा मन्दिर, घटाल बाबा, डोटीको शैलेश्वरी, अछामको वैजनाथ धाम , बाजुराको बडीमालिका, बझाङको सुर्मादेवी, दार्चुलाको मालिकार्जुन, कञ्चनपुरको बैजनाथ शिद्धनाथ, विष्णु मन्दिर, झिलमिला, वेदकोटका साथसाथै कैलालीको गोदावरी यहाँका प्रसिद्ध धार्मिक स्थल हुन जहाँ वर्षेनी हजारौँको संख्यामा दर्शन गर्न देश र विदेशबाट समेत भक्तजनहरू आउने गरेका छन्। यसलाई धार्मिक पर्यटनसँग जोडन सके सुदूरपश्चिकको समृद्धिको आधार बन्न सक्छ।

यसै गरि पर्यटकीय सुन्दर गन्तव्यहरू वर्षौँदेखी पर्यटकहरूको पर्खाईमा छन्। खप्तड राष्ट्रिय निकुञ्ज जो सुदूरपश्चिमको पर्यटकीय र धार्मिक गहना हो। खप्तड बाबाको तपोभूमिको रूपमा प्रसिद्ध यो क्षेत्र हरियाली मैदान, फुल्ने फूलहरू र शान्त वातावरणले भरिपूर्ण छ। यहाँको त्रिवेणीधाम र खप्तड तालले पर्यटक र तीर्थयात्रीहरूलाई आकर्षित गर्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरमा अवस्थित छ।

यो निकुञ्ज जैविक विविधताको खजाना हो। यहाँका सुन्दर हरियाली फाँट, जहाँ बाह्रसिङ्गाको झुण्ड रमाईरहेको दृश्यले कसलाई मोहित नपार्ला र? यहाँ पाइने बाह्रसिङ्गे, कृष्णसार, बाघ, हात्ती र विभिन्न प्रजातिका चराहरूले वन्यजन्तु पर्यटनलाई प्रोत्साहन गर्छ। दार्चुलाको अपीनाम्पा संरक्षण क्षेत्र र अपी हिम श्रृङ्खला आफैमा एउटा अनुपम सौन्दर्यको नमुना हो भने, बझाङको साइपाल हिमालको मनोरम दृश्य र यहाँको सुन्दर मनोरम प्रकृतिले साहसिक पर्यटकहरूलाई आकर्षित गर्छ। कैलालीमा रहेको घोडाघोडी ताल प्राकृतिक सौन्दर्य र जैविक विविधताको अनुपम उदाहरण हो। यो ताल चरा अवलोकनका लागि पनि प्रसिद्ध छ। यी स्थानहरूले सुदूरपश्चिमलाई प्रकृति प्रेमीहरूको स्वर्ग बनाएका छन्।

सुदूरपश्चिमको इतिहास पनि उत्तिकै समृद्ध छ। यहाँका पुरातात्विक स्थलहरू, किल्लाहरू र प्राचीन बस्तीहरूले यस क्षेत्रको गौरवशाली अतीतलाई झल्काउँछन्। डडेल्धुरामा रहेको अजयमेरू कोट ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ। यो किल्ला सुदूरपश्चिमको प्राचीन शासकहरूको शक्ति र सामरिक महत्वको प्रतीक हो। बैतडीको देवलहाटमा रहेको पाण्डवकालीन पञ्चदेवलहरु धार्मिक र ऐतिहासिक धरोहर हुन्, जसले छुट्टै पुरातात्विक महत्व बोकेको छ। डोटीमा रहेको दिल्लेश्वर मन्दिर तथा पुरातात्विक स्थल र यस वरपरका पुरातात्विक अवशेषहरूले प्राचीन डोटेली सभ्यताको झलक दिन्छ। यी ऐतिहासिक स्थलहरूले सुदूरपश्चिमको गौरवशाली अतीत र सांस्कृतिक धरोहरलाई जीवन्त राखेका छन्।

सुदूरपश्चिम सांस्कृतिक रूपमा पनि अत्यन्तै समृद्ध छ। यहाँ राना, थारू, डोटेली, देशका विभिन्न पहाडी भु-भाग र पुर्वबाट बसाईसराई गरिआएका समुदायहरूको मिश्रित संस्कृति पाइन्छ। यहाँका चाडपर्व, नृत्य, गीत र परम्पराहरूले सुदूरपश्चिमको सुन्दरतालाई थप जीवन्त बनाउँछन्। देउडा भाकामा गाईने गीत र नाच सुदूरपश्चिमको लोकप्रिय लोकनृत्य यहाँको सांस्कृतिक पहिचान हो। यो नृत्य र गीतले प्रेम, दुख, सुख र सामाजिक सन्देशलाई व्यक्त गर्छ। हाल देउडाले राष्ट्रिय मात्रै नभई अन्तरर्राष्ट्रिय रुपमा समेत छुट्टै पहिचान बनाएको छ। यसै गरि सुदूरपश्चिममा बडो उल्लाशका साथ मानईने गौरा पर्वको धार्मिक र सांस्कृतिक महत्व पनि उच्च छ। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायको आफ्नै कला, संस्कृति र जीवनशैली छ।

उनिहरूको माघी पर्व र परम्परागत नृत्यहरूले पर्यटकहरूलाई आकर्षित गर्छ भने, डोटी, बैतडी र डडेल्धुरामा प्रचलित हुडके लोकनृत्यहरूले सुदूरपश्चिमको सांस्कृतिक समृद्धिलाई झल्काउँछन्।
सुदुरपश्चिम देशको पश्चिमि भु-भागमा अवस्थित एक रमणीय र विविधताले भरिपूर्ण क्षेत्र हो। यो क्षेत्र आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, धार्मिक महत्व र ऐतिहासिक सम्पदाहरूका कारण सुन्दर र आकर्षक मानिन्छ। हिमाल, पहाड र तराईको संगम रहेको यो प्रदेशले हरेक आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ। सुदूरपश्चिममा पर्यटनको अपार सम्भावना छ।

यहाँको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले स्वदेशी र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्छ। साहसिक पर्यटनका लागि साइपाल हिमाल र अपिनाम्पा संरक्षण क्षेत्र, प्रकृति पर्यटनका लागि खप्तड र शुक्लाफाँटा, तथा धार्मिक पर्यटनका लागि बडीमालिका र उग्रतारा मन्दिरहरू प्रमुख गन्तव्य हुन्। साथै, यहाँको स्थानीय खाना, जस्तै पहाडी खानामा लौन पुरी, माणा, शेल, डुब्का, बटुकका साथै थारु परिकारमा ढिक्री, घोङ्गीले पर्यटकहरूलाई सुदूरपश्चिमको स्वाद चखाउने अवसर दिन्छ। देशकै पश्चिमी सीमा, जहाँबाट भारतको औद्योगिक करिडोर रुद्रपुर-गुडगावँ हुँदै राजधानी दिल्लीसँगको सबैभन्दा छोटो दुरीले पनि भारतीय र भारत भएर नेपाल भित्रिने पर्यटकलाई सहजै सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुमा व्यस्त राख्न सकिन्छ। यसका लागि बन्दै गरेको मझगाँउ बिमानस्थल र दोधारा चाँदनीको सुख्खा बन्दरगाहले झनै महत्व राख्नेछ।

यति अपार सम्भावना हुँदाहुँदै पनि सुदूरपश्चिम विकासका दृष्टिले पछाडी छ, साथ-साथै सुदूरपश्चिमको सुन्दरता र सम्भावनालाई विश्वसामु पुर्यासउन केही चुनौतीहरू पनि छन्। यथेष्ट पूर्वाधारहरुको कमी, प्रचारप्रसारको अभाव र संरक्षणको आवश्यकता प्रमुख समस्याहरू हुन्। यी समस्याहरू समाधान गर्न संघ, प्रदेश र स्थानीय सरकार, स्थानीय समुदाय र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ। सडक, होटल, र पर्यटकीय गाइडहरूको व्यवस्थापनले यहाँको पर्यटनलाई थप फलदायी बनाउन सकिन्छ। सुदूरपश्चिम सुन्दरताको संगम हो, जहाँ प्रकृति, संस्कृति र इतिहास एकसाथ अंकमाल गर्छन्।

यो क्षेत्रको हिमाल, ताल, जंगल, मन्दिर र सांस्कृतिक विविधताले हरेक आगन्तुकलाई अविस्मरणीय अनुभव प्रदान गर्छ। सुदूरपश्चिमको सुन्दरता संरक्षण र प्रचारप्रसार गर्न सकिएमा यो नेपालको पर्यटकीय गन्तव्यको रूपमा विश्वमाझ चम्किनेछ। यो क्षेत्र केवल भौगोलिक हिसाबले मात्र होइन, सांस्कृतिक र भावनात्मक रूपमा पनि नेपालको अमूल्य रत्न हो।

(लेखक कर्णालीका विभिन्न विकास परियोजनाहरुमा कार्यरत छन्)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न
फ्ल्यास हेडिङ

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ १९, सोमबार ०८:२३
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड
फ्ल्यास हेडिङ

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ १९, सोमबार ०८:२३
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
फ्ल्यास हेडिङ

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ १९, सोमबार ०८:२३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ जेष्ठ १९, सोमबार ०८:२३
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ जेष्ठ १९, सोमबार ०८:२३
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ जेष्ठ १९, सोमबार ०८:२३
गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

२०८२ जेष्ठ १९, सोमबार ०८:२३
पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

२०८२ जेष्ठ १९, सोमबार ०८:२३
यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

२०८२ जेष्ठ १९, सोमबार ०८:२३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व