कञ्चनपुर । नेकपा (बहुमत) निकट सहायक संगठन कम्युनिस्ट युवा संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट हरिश भट्ट अध्यक्षमा चयन भएका छन् भने ५५ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गरिएको छ।
उपाध्यक्षमा प्रमोद सिंह, महासचिवमा भुवन रम्तेल तथा सचिवहरूमा दिपेन्द्र ऐरी, प्रकाश शर्मा, लोकेन्द्र राई र भिम सुर्खेती चयन भएका छन्। कोषाध्यक्षमा ज्योतिष कुमार राय चयन भएका छन्।
सम्मेलनमा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र वास्तोला प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।
संगठनले आगामी दिनमा संगठन विस्तार, युवा मुद्दा उठान र समाज परिवर्तन अभियानलाई सशक्त बनाउने संकल्प गरेको छ।










Discussion about this post