कञ्चनपुर : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको परिणामस्वरूप आज र राति देशका विभिन्न भू-भागमा मौसम आंशिक बदलीदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ।
कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदलीको अवस्था हुनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदलीको अवस्था रहनेछ। कोशी र गण्डकीका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, यी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन र चट्याङको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन समेत आग्रह गरेको छ।









Discussion about this post