Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको सिगास मावि गौरीशंकर पोखरीमा नयाँ व्यवस्थापन समिति चयन, प्रेमसिंह भाट पुनः अध्यक्ष

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २३, २०८१
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – बैतडीको पाटन नगरपालिका–३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रेमसिंह भाट पुनः चयन भएका छन्। शनिवार विद्यालयमा आयोजित अभिभावक भेलाले भाटको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन गरेको हो।

भेलाबाट चयन भएको समितिको सदस्यहरूमा किरणसिंह महरा, निर्मला केसी, गोमती महरा र वसन्ती विष्ट रहेका छन्। यस्तै, दीपेन्द्र खत्री पदेन सदस्यको रूपमा चयन भएका छन् भने विद्यालयका प्रधानाध्यापक मानबहादुर चन्द समितिको सदस्य सचिव रहेका छन्। नवनिर्वाचित अध्यक्ष भाटले समितिको संरचना र उद्देश्यबारे जानकारी दिँदै यो कुरा बताए।

अध्यक्ष भाटले विद्यालयको चौतर्फी विकासका लागि आफ्नो नेतृत्वको समितिले सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक संरचनाको विकास र आर्थिक व्यवस्थापनलाई बलियो बनाउन पहल गर्नेछौँ।” उनले अभिभावक र सरोकारवालाहरूको सहयोगमा विद्यालयलाई नमुना बनाउने लक्ष्य रहेको बताए।

भेलामा पाटन नगरपालिका–३ का वडा अध्यक्ष करुणाकर भट्ट, नगरपालिकाको शिक्षा शाखाका प्रतिनिधि बिर्खराज भट्टलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उनीहरूले नयाँ समितिलाई शुभकामना दिँदै विद्यालयको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

यसैगरी, भेलाले डम्मर दत्त पन्तको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। यो समितिले विद्यालय व्यवस्थापन समितिलाई आवश्यक सुझाव र सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ।

नवनिर्वाचित समितिले आगामी दिनमा विद्यालयको समग्र प्रगतिका लागि ठोस योजना बनाएर काम गर्ने विश्वास अभिभावक र स्थानीयले व्यक्त गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व