कञ्चनपुर । भीमदत्त नगरपालिको नगर सभाको १६ औँ अधिवेशन सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा शनिवार अधिवेशन सम्पन्न भएको हो । नगर प्रवक्ता पदमराज अवस्थीले सभामा विषयगत समितिका प्रगति प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१-०८२ का लागि भीमदत्त नगरपालिकाको स्वीकृत बजेट तथा कार्यक्रममा केही हेरफेर, रकमान्तर एवम् शीर्षक परिवर्तन भएको बताए ।

यस्तै नगर कार्यपालिका बैठकका निर्णय अनुमोदन, नगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, संस्थागत क्षमता स्वमूल्याङ्कन लगायतका विविध विषयमा समेत छलफल भएको नगर प्रवक्ता अवस्थीले बताए । सभामा न्यायिक समितिको प्रतिवेदन न्यायिक समिति संयोजक एवम् नगर उपप्रमुख निलम लेखक जोशीको अनुमतिमा न्यायिक समिति सदस्य एवम् नगर सभा सदस्य नर बहादुर साउँदले प्रस्तुत गरेका थिए।

आर्थिक विकास समिति, लेखा समिति, विधेयक समिति, सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति र पूर्वाधार विकास समितिको प्रतिवेदन समिति संयोजक क्रमशः गगन सिंह धामी, हरिहर दमाई, भूपेन्द्र सिंह रावल, प्रताप साउँद, सुशील कुमार भट्ट, प्रकाश थापा र पदमराज अवस्थीले प्रस्तुत गरेका थिए ।









Discussion about this post