कञ्चनपुर । सुदूरपश्चिम प्रदेश योजना आयोगका सदस्य एव प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्दलाई सम्मान गरिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) कञ्चनपुरको १९औँ वार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनमा प्रदेशका आयोग सदस्य तथा प्याबसन केन्द्रीय सल्लाहकार चन्दलाई सम्मान गरिएको हो ।
भीमदत्त नगरपालिका १० गड्डाचौकी स्थित डाईमण्ड एकेडेमीका सञ्चालक समेत रहेका चन्दले शिक्षा क्षेत्रमा पु¥याएको योगदान एव प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भयसँगै आगामी दिनमा प्रदेशको शिक्षा सुधार पहल कदमीका लागि सम्मान गरिएको जनाएको छ ।
प्याब्सन कञ्चनपुरका अध्यक्ष अमरराज भट्टले डा. चन्दलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । प्याब्सन कञ्चनपुरका अध्यक्ष अमरराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. चन्दलाई दोसल्लाका साथै मायाको चिनो दिएर सम्मान गरिएको छ ।
प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेव भट्टले प्याब्सनको कार्यालय भवन निर्माणका लागि जमिन खरिद गरिएको बताए । अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिने छ । कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।









Discussion about this post