Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : कृष्णपुरमा उत्कृष्ट खेलाडीलाई स्थानीय सरकारले नगद पुरस्कार दिने 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कृष्णपुरमा उत्कृष्ट खेलाडीलाई स्थानीय सरकारले नगद पुरस्कार दिने नरेन्द्र महरा कञ्चनपुर, पुष २१ कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । २३ पुसदेखि कृष्णपुर नगरपालिका २ वाणी स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

गत वर्ष नगरको पूर्वी भूगोल क्षेत्रमा रहेको गुलरियामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भएको राष्ट्रपति रनिङ्गशिल्ड यस पटक नगरको पश्चिम भेग वाणीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा हुन लागेको हो । कृष्णपुर नगरका मेयर हेमराज ओझाले प्रतियोगिता सभ्य भव्य बनाउनका लागि सबै सरोकारवाला फिल्डमा युद्ध स्तरमा खटिएको बताए । मेयर ओझाले सङ्घीय सरकारको नियमित खेलकुद प्रतियोगिता संगसंगै नगरले समेत खेलकुद क्षेत्रको वृद्धि विकासका लागि कार्यक्रम अघि बढाएको बताए ।

नगरको लक्ष्य अनुरूप पालिकाले फरक फरक भूगोल क्षेत्रमा प्रतियोगिता आयोजना गरेर विद्यालय स्तरबाटै खेलकुद विकास गर्न खोजिएको बताए । ‘नगर खेलकुद प्रतियोगितामा सहभागिताका लागि नगरका सबै सामुदायिक र संस्थागत विद्यालयले अहिले आ–आफ्नो विद्यालयमा खेलाडी छनौट गरिरहेका छन्, ‘मेयर ओझाले भने, ‘सबै विद्यालयले राम्रो भन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्य अघि सारेका छन् ।’ नगर भरिका २६ विद्यालय सहभागी हुने मेयर ओझाले बताए । ‘नगर भरिका सबै विद्यालयका विद्यार्थी सहभागी हुनेछन् ।’

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितासँगै विद्यालयमा खेल मैदान निर्माणदेखिका खेलकुद संरचना समेत निर्माण भइरहेको मेयर ओझाले बताए । ‘हाम्रो उद्देश्य केबल राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता मात्रै गर्ने होइन, ‘मेयर ओझाले भने, ‘एक विद्यालय एक खेलकुद मैदान निर्माण गर्ने पनि हो, सोही अनुरूप हामीले फिल्डमा खटिएका छौँ ।’ खेलकुद माध्यामबाट खेलाडी उत्पादनदेखिका किशोर, युवा पुस्तालाई कुलतबाट बचाउने उद्देश्य समेत रहेको बताए ।‘यो खेलकुद महोत्सव पनि हो, हामीले यसलाई उत्सकै रूपमा मनाई रहेका छौँ, ‘उनले भने, ‘उत्सवमा विद्यार्थी, शिक्षक, अभिभावक सहितको सहभागिता हुनेछ ।’

प्रतियोगिता उद्घाटनकै दिन यस अघि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका विजेता खेलाडी विद्यार्थीलाई समेत नगद पुरस्कार दिने बताए । ‘यो केबल राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता मात्रै हो, ‘मेयर ओझाले भने, ‘स्थानीय सरकारले राम्रो प्रदर्शन र विजेता खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गर्नेछ ।’ मेयर ओझाका अनुसार प्रथम, द्वितिय, तृतीयलाई नगद ५, ३ र २ हजार पुरस्कार प्रदान गरिनेछ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाकै प्रमुख आतिथ्यमा प्रतियोगिता उद्घाटन हुनेछन् ।

उद्घाटन कार्यक्रममा विद्यालयका पूर्व पदाधिकारी, शिक्षक सहितका नगरको खेलकुद विकासका योगदान पु¥याउने खेलाडीलाई सम्मान गरिनेछन् । पहिलो पटक कृष्णपुर नगरपालिकाको २ नम्बर वडाको वाणी गाउँमा नगर स्तरकै खेलकुद प्रतियोगिता हुन लागेपछि स्थानीय समेत हर्षित भएका छन् । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिंह साउदले नगर स्तरकै प्रतियोगिताले उत्साह जगाएको बताए । ‘हाम्रो वडा, नगर खेलकुदको उर्वराभूमी हो, ‘उनले भने, ‘यस प्रतियोगिताबाट समेत थप खेलकुद क्षेत्रमा आयाम थप्नेछ ।’

प्रतियोगिता सञ्चालनकै लागि सरस्वती माविमा फिल्ड व्यवस्थापन गरिने बताए । वडाध्यक्ष साउदले नगर भरिकै विद्यार्थी,शिक्षक सहितको सहभागिताले वाणी क्षेत्र खेलकुदमय बन्नेदेखि स्थानीय पर्यटन प्रवर्द्धन हुने बताए । सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बादत्त बडूले विद्यालयमा पहिलो पटक हुन लागेको राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताले विद्यार्थी, शिक्षक, अभिभावमा उत्साह जगाएसङ्गै सम्पन्न गर्नका लागि खटिएको बताए ।

कृष्णपुर नगर खेलकुद समितिका अध्यक्ष प्रकास खडकाले यस वर्षपनि भइरहेको नगर स्तरीय खेलकुद प्रतियोगिता उत्साहजनक र विगत भन्दा थप पुरस्कृत बनाइने बताए । खेलकुद प्रतियोगिताले थप खेलाडीलाई समेत उत्साह जगाउने बताए । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले जिल्लाका केही पालिकाले नगर स्तरको छनौट प्रतियोगिता सम्पन्न गरेको केहीले अब गर्ने भएकाले जिल्ला भरी खेलकुद महोत्सवको माहौल बनाएको बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज
कन्चनपुर

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

साउन २४, २०८३
सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

साउन २४, २०८३
चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

चार महिनामा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास भएन : रवि लामिछाने

साउन २४, २०८३
विविधतामा एकता नेपालको पहिचान हो : राष्ट्रपति पौडेल

विविधतामा एकता नेपालको पहिचान हो : राष्ट्रपति पौडेल

साउन २४, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ तोलामा ४ हजार ८ सयले बढ्यो, तीन लाख नाघ्यो

साउन २४, २०८३
‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व