Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गड्डाचौकीका स्थानीय भन्छन्, ‘हामीले अवरोध गरेका छैनौँ, चलनचल्तीको सडकमा बाइपास मागेका हौँ’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १७, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर स्थित गड्डाचौकीका स्थानीयले  आफूहरूले महाकाली पुल पहुँच मार्ग निर्माणमा कुनै अवरोध नगरेको दावी गरेका छन् । गड्डाचौकीका स्थानीयले  आफूहरूले महाकाली पुल पहुँच मार्ग निर्माणमा कुनै अवरोध नगरेको दावी गरेका हुन्। भीनपा ११ गड्डाचौकीका स्थानीयले भुपेन्द्र क्षेत्रीले पुलदेखि गड्डाचौकीसम्म निर्माण भएका पुलको दायाँबायाँ क्षेत्रमा बाइवास निर्माण गरिएको तर, गड्डाचौकीमा निर्माण नगरिदिएपछि आफूहरूले बाइपासको मात्रै माग अघि सार्दा निर्माण कम्पनीले आफुहरूमाथि अवरोध गरेको आरोप मात्रै लगाएको दावी गरेका छन् । ‘हाम्रो माग पुरानो सडक सुचारूका लागि पूर्वपश्चिम बाइपास निर्माण हो, ‘उनले भने, ‘जनताले कालोपत्रे काम रोकेको छैन, हामीमाथि किन दोष मात्रै दिएको हो ।’ अर्का स्थानीय राकेश चन्दले पुलको दक्षिणमा लिएको वाईपास जस्तै उत्तरमा पनि दिनुपर्ने बताए । ‘हामीले सडक अवरोध गर्ने कुरा भएन, हामी विकास विरोधी पनि होइनौँ, तर स्थानीय माथि सडक अवरोध गरेको एकतर्फ आरोप मात्रै आयो ।’

पुल निर्माण कम्पनीले धेरै टाढादेखि बाइपास दिन खोजेपछि स्थानीयलाई असुविधा भएको दुखेसो पोखेका छन । भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले स्थानीयले अघि सारेको बाइपास सडक निर्माणमा निर्माण कम्पनीले पिरमर्का बुझिदिनुपर्ने बताए । ‘पुल निर्माणदेखि ठाउँ ठाउँमा बनेका पुल क्षेत्रमा दुवै तर्फ बाइपास निर्माण गरिएको छ, ‘उनले भने, ‘यहाँ गड्डाचौकीमा मात्रै किन बहानाबाजी गरेको होला, यसका सबैको ध्यान जान जरुरी छ ।’ यस अघि नै महाकाली चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले गड्डाचौकीको बाधा अड्चन नखुले पुल बन्दको चेतावनी दिएको थियो । ४ पुष ०८१ मा निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले महाकाली पुल योजना कार्यालय महेन्द्रनगरलाई पत्र काट्दै गड्डाचौकीको बाधा अडचन नखुले पुल बन्द गर्न चेतावनी दिएको थियो ।

त्यसपछि ९ पुष ०८१ मा महाकाली पुल योजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजिकरणका लागि पत्राचार गरिएको थियो । आयोजना प्रमुख ई विवश बाबु सहादेवले हस्ताक्षर गरेको पत्रमा गड्डाचौकीदेखि दक्षिण २ सय मिटर निर्माण कार्य शुरु गर्दा अवरोध गरिएकाले आवश्यक सहयोग र सहजिकरण गरिदिन अनुरोध गरिएको छ । महाकाली पुल योजना कार्यालयका सहायक सूचना अधिकारी सव इन्जिनियर दुर्गादत्त अवस्थीले गड्डाचौकीको अवरोध खुलाउने प्रयास नएर १३ करोड रकम फ्रिज जाने बताए । उनले निर्माण कम्पनीले गड्डाचौकी क्षेत्रमा अवरोध बारे कार्यालयलाई जानकारी गराएसंगै अवरोध खुलाउन कार्यालयले सम्बन्धीत व्यक्ति, निकायसंग पहल गर्ने बताए । ‘गड्डाचौकीमा उत्पन्न अवरोध बारे दुई चरणमा छलफल पनि भयो, स्थानीय सहित जनप्रतिनिधीको रहोबरमा वार्ता भयो, तर निष्कर्षमा पुगेन, ‘उनले भने, ‘यस्तो द्वन्द्वको अवस्थामा निर्माण कम्पनीले काम गर्न सक्दैन, भनेपछि काम रोकिएको छ, ०७२मै निर्माण भएको भेरिएन अनुरुप काम भईरहेको छ, त्यही सडक अवरोधका कारण पुल निर्माण पुरै भएको छैन, हालसम्म ९८ प्रतिशत काम भएको छ ।’ उनले यो अवरोध सडक छाडेरै भएपनि पुल निर्माण कार्य सम्पन्न गरेर फरफारक गर्नुपर्ने अवस्था आएको बताए । ‘यो हाम्रो प्रदेशकै गौरबको योजना हो, यसमा सबैले आ–आफ्नो स्थानबाट साथ सर्मथन सहयोग गर्नुपर्छ, अवरोध होईन सहयोग सघाउनुपर्छ, योजनाको पुरै निर्माण कार्य सम्पन्न गर्न हामी सबै जिम्मेबार बन्नुपर्छ ।’ भीमदत्त नगरपालिका ११, १२ र १३ का स्थानीयले समेत पुल निर्माण कम्पनीले भुजेला खोला नियन्त्रका लागि यथाशिघ्र काम अघि बढाउनुपर्ने बताएका छन् ।

भीनपा १३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले बर्षातका बेला फेरी महाकालीको भेल गाँउ पस्ने भएकाले वाढीबाट बाँच्नका लागि समेत यथाशिघ्र काम बढाउनुपर्नेमा जोडदिए । निर्माण कम्पनीले भेरिएसन ३ अनुसार गड्डाचौकीदेखि चारपुलसम्मको पहुँचमार्ग कालोपत्रे अन्र्तरगत गड्डाचौकीमा २ सय मिटर सडक स्थानीयका कारण कालोपत्रे गर्न नसकिएको भन्दै अवरोध खुलाउन दुई साताको अल्टिमेटम समेत दिएको थियो । विगत दुई बर्षदेखि चालु अवस्थामा रहेको महाकाली पुल र ५ बर्षदेखि चालु अवस्थामा रहेको गड्डाचौकी नहर पुल बन्न गर्नुपर्ने कठोर विकल्पको आत्मसाथ गर्न बाध्यता पुग्ने र त्यस कार्यबाट जिल्लाबासीलाई पर्ने जाने असुविधा बारे योजनालाई जिम्मेबार हुन सचेत गराईएको छ ।

नदीको बहाव महाकाली क्षेत्रको मध्य भागबाट केन्द्रीत नभएर बाया तर्फ किनारमा रहदा भुजेला खोलाको बहाब रोकिएकाले ठुलो समस्या देखा परेको जनाउँदै वितत ३ बर्षदेखि भुजेला खोलाको बहाब रोकिई भीन १२ र १२ तर्फ केन्द्रीत हुँदा ठुलो धनजनको क्षति भएको समेत उल्लेख गरिएको छ । ‘नदी नियन्त्रण तथा जल उत्पन्न प्रकोपलाई न्यूनिकरण गर्ने विषयलाई मध्यनजर गरी अन्य विवित कारण शुरु ठेक्का सम्झौतामा दिएको डिजायनमा फेर बदेल भएको हुँदा २० महिनादेखि भेरिएसन सम्बन्धीको प्रकृया नै चलिरहेको छ, ‘पत्रका उल्लेख गरिएको छ, ‘कार्यालयको तर्फबाट ०८० फागुनमा पुरक भेरिएसन ३ का नाममा आनशिक भेरिएसन ३ र ९ चैत्र ०८० मा डिजायन स्वीकृत भएपनि यसले सम्पूर्ण डिजाजन संशोधनलाई समेटेको छैन, हुनुपर्ने भेरिएसन समयमा हुन नसक्दा पुल निर्माण ठेक्का कार्य अन्तरगतको कार्य दुई बर्षदेखि सुस्त ढङगबाट अघि बढेको छ ।’

गत २६ देखि २९ भाद्रसम्म बर्षातका कारण महाकाली नदीमा ४ लाख, ६१ हजार क्युसेक भन्दा बढि जलस्तर प्रवाह भएसंगै गाईडबण्डमा ब्यापक क्षति भएको र झण्डै ३ सय मिटर तटबन्ध भत्किएको जनाउँदै क्षति भएको स्थानबाट सम्पूर्ण महाकाली नदी आयोजनाको पोखरीभित्र छिरेको अवस्थामा चार महिना वितिसक्दा र निर्माण कम्पनीले बेहोरेको करोडौँ नोक्सानीको हकमा समेत कार्यालयबाट कुनै बस्तुगत ठोस निर्देशन आउन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । विगत एक बर्षदेखि स्वीकृत प्रकृयामा रहेको भेरिएसन ४ स्वीकृत गर्ने लगायतको ठेक्का कार्यलाई अवरोध गरिएको बाधा अड्चन विषयलाई नगरेको खण्डमा यसै बर्षको अतिवृष्टिको कारण गाईडबण्डमा भएको क्षतिलाई समयमै नै मर्मत गरी प्रबलिकरण गर्न मनसुन पुर्व बाँकी कार्य गर्न नसकिने जनाईएको छ ।

कुमार सिएफईसी जोईन्ट भेन्टरका योजना व्यवस्थापक इन्जिनियर किशोर राज पाण्डेयले हस्ताक्षर गरेको पत्रमा हासम्म ठेक्का सम्झौता र स्वीकृत भेरिएसन ३ का आधारमा ९५ भौतिक र ९२ वित्तिय प्रगति भएको जनाएको छ । चारलेन पुल निर्माण कार्य सम्पन्न भएर दुई बर्षदेखि भीमदत्त र दोधाराचाँदनी नगरपालिकाविच निर्वाध रुपमा यातायात सचालन भईरहेको जनाएको छ । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले पुल निर्माणलाई पुरा गर्न कार्यालयबाट मन्त्रालयमा पेश गरेको भेरिएसन अर्थात अतिरिक्त काम मन्त्रीपरिषद्बाट स्वीकृत नभएको जनाएको छ । चार अन्र्तरगत स्पटर, पलङ कंक्र्रिट, तारजाली, माटो भरान, भुजेला खोलाको तटबन्ध सहितका काम रहेका छन । तर, उक्त भेरिएसनको काम भौतिक पूर्वाधार सचिव स्तरबाट स्वीकृत भएर मन्त्री हुँदै मन्त्रिपरिषद्मा पेश हुन बाँकी रहेको जनाईएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व