Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुर्खौली पेशा आरनमा दिनचर्या चलाउदै टमटा परिवार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १५, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धन सिंह धामी, कञ्चनपुर । पुर्खौली पेशालाई बिट मार्दै रोजगारीको सिलसिलामा भारत पसे पनि अहिले नेपालमा सोही पेशालाई टमटा परिवारले निरन्तरता दिएको छ । टमाटा परिवार डडेल्धुरा जिल्लाको रुपाल बिस्तडीबाट २०३२ सालमा कञ्चनपुर आएका थिए। कञ्चनपुरको महेन्द्रनगर–०४ मा बसोबास गर्दै आएका शिवराज टमटा परिवार अहिले पेशालाई निरन्तरता दिई रहेका छन् ।

रोजगारको सिलसिलामा पहाडबाट तराई तिर बसाइँसराई गरेका टमटा परिवारले  भीमदत्त–०४ बजारको बिच किनारामा आफ्नो आरनको काम गरेर बसेको टमटा परिवारले बताए । पछि बजार विस्तारको क्रममा आफ्नो बस्ने स्थानमा स्थानीय सरकारले सडक र पसल बनाई पुँजीपति व्यापारीहरूलाई स्थान दिएपछि आफ्नो व्यवसायी बन्द गर्नुपर्ने परिस्थिति आएको रोदन सुनाए ।

डडेल्धुरा जिल्लाको रुपाल बिस्तडी पुर्खौली घर भएका शिवराज टमटा सात भाइ मध्येका साईला हुन भने परिवारको सङ्ख्या ठुलो भएपछि विवाह भएको केही महिनामा रोजगारी सिलसिलामा आफ्नो श्रीमती धौली टमटाको साथमा तराई तिर बसाइ सरेर पुर्खौली पेशाबाट आफ्नो परिवारको जिविकोपार्जन गर्दै आईरहेका थिए । यसैगरी टमटा सम्पत्तिको परिवारमा दुई छोरा र तीन छोरी भएपछि परिवारको खर्च उठाउन कठिनाइ भएपछि रोजगारीको लागि सपरिवार सहित भारत तिर लागेका हुन् । भारतमा १५ बर्स बसाइ गरेर छोराछोरीहरूलाई शिक्षित गराई उतै रोजगारीमा लगाई शिवराज टमटा र धौली टमटा नेपाल फर्केर यही आरन पेशालाई निरन्तरता दिई रहेका छन् ।

एक दशक भन्दा बढि समय भारतमा बिताउनु भएका दम्पतीले आफ्नो ऊर्जावान् समय भारतमा बिताएको स्मरण गर्दै, अब आफ्नै देशमा दुवैजनाले एक अर्काको सहकर्मी बनेर काम गरी रहेको बताए । ‘अहिले दुबै जहानलाई बिहान बेलुकीको छाकटार्ने बाटो भएको छ’ शिवराज टमटाले भन्नुभयो, उनीहरूले हसियाँ, कोदाली, दाउ, चाकु, कुटो, त्रिशूल, शिकतार लगायत पुराना हतियारहरू मर्मत गर्ने र त्यसमा धार लगाउने, सबै काम गरिरहेका छन् भने श्रीमतीले बजार तथा गाउँ घरमा गएर उत्पादित सामग्री बेच्ने गरेको टमटा परिवारले बताए ।

आफ्नो पुर्खौली पेशालाई निरन्तरता दिदैँ आधुनिक मसिनहरूको सहायताले थप व्यवसायलाई आर्थिक उन्नतिको पाटो बनाउन कोईका, निड्स नेपाल, अक्सफाम जस्ता लगायतका गैर सरकारी संस्था र स्थानीय सरकारको सहयोग पाए परिवारको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने बताउदै यो पेशामा आधुनिक मसिनहरूको प्रयोगबाट औजारहरुलाई नयाँ रुप दिन नसके व्यवसाय धरापमा पर्ने खतरा रहेको टमटा परिवारको दुखेसो रहेको छ ।

शिवराज टमटाले “ठुलो लगानीमा काम गर्न पैसा छैन, सानो लगानीको काम कसैको नगरमा आउदैन त्यसैले कुनैपनि ठाउँबाट सहयोग पाएको छैन” भन्दै गरीब हुनुको पिडा पोखेका छन् । शिवराज टमटाले आखाँमा आँशु झार्दै “पुर्खौली पेशामा केही थप शिप सिकेका छोराहरुले पनि यही आफ्नो देशमा केही गरी खान पाए बुढेसकालमा परिवार संगै बस्ने चाहँना छ’’ स्थानीय सरकार र सहयोगी दाताहरु संग आश रहेको बताएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व