कञ्चनपुर । सत्ताधारी नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङले प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाएको छ । भ्रष्टाचार विरुद्धको खबरदारी सभा सम्बोधनका लागि शनिबार पुनर्वासमा पुगेका प्रचण्डलाई काँग्रेस नेता गुरुङले ज्ञापन पत्र बुझाएका हुन् ।
समाजसेवी समेत रहेका काँग्रेस नेता गुरुङले कञ्चनपुरमा हात्तीको तिव्र आतङ्क नियन्त्रण लागि तीनै तहका सरकारले कुनै पहल नगरेको भन्दै ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लाका तीनै तहमा अहिले काँग्रेस एमाले नेतृत्वमा सरकार भएपनि उनीहरूले प्रभावकारी पहल नगर्दा महिनै पिच्छे हात्तीले नागरिकको ज्यान लिनेदेखि धनजन, अन्नबाली, भौतिक सुरक्षामा क्षति पुर्याइरहेको भन्दै प्रमुख प्रतिपक्षीय दलका हिसाबले पहल गरिदिन आग्रह गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख प्रतिपक्षीय दलका नेता एव पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका छन् ।









Discussion about this post