कञ्चनपुर । साना किसान कृषि सहकारी संस्था लिमिटेड सुडाले २७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको गत हप्ता बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही कार्तिक २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कञ्चनपुरको वेदकोट स्थित कञ्चन बैङ्क्वेटको सभाहल वेदकोट नगरपालिका ७ भुडामा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको आर्थिक, वार्षिक लगायतका महत्वपूर्ण प्रतिवेदनहरू पनि छलफल गरी पारित गर्नेछ। उक्त सभामा सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरिएको संस्थाका अध्यक्ष खगेश्वर पाण्डेय बताए ।