Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज भाइटीका : बिहान ११ः३७ बजे उत्तम साइत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १८, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आज तिहारको पाँचौं दिन अर्थात भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् ।

आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् समितिका अध्यक्ष अधिकारीले सुनाए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व