Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रचण्डलाई बाबुरामको प्रश्न– पूर्व माओवादीको एकता तपाईँको सत्तारोहणका लागि कि अर्को जनयुद्धको लागि ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ९, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वा माओवादीहरूको एकताको अवश्यकामाथि प्रश्न उठाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक पूर्व माओवादी एक हुनुपर्ने बताएको भन्दे उनले एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो भन्दै प्रश्न गरेका हुन् ।

उनी भन्छन्– सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन ? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ?

हेर्नुहोस् उनको भनाइ जस्ताको त्यस्तै
प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्। अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।

यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छ:-
पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो?

स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं- माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुॅजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुॅजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध ( unequal and dependent relations) मा बाँधिन पुगेका छौं।

यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार-राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाॅचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाॅ युगका कार्यभार पूरा गर्न सक्दैनौं। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाॅकी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ। त्यसनिम्ति हामीले नयाॅ युगको नयाॅ कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाॅ विकास गर्नु परेेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाॅ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद ( enhanced/enriched socialism) भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं।

हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक-राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं? तर अहिले समय र परिस्थिति अनुकुल नयाॅ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आउँ ‘ भन्नुको के अर्थ रहन्छ?

दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ ‘ सुशाशनकोनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि ( common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दी/उर्दू उखान- ‘सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग-उत्थानीकरण हुॅदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLAND: How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन। यदि त्यो सबै ‘क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र’ हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला?ती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला?

हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन्। तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान्? अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र?

अन्त्यमा, तैंले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो नर्वाचन क्षेत्र छोडिस् त? भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ- म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हुॅ। देशमा निरन्तर राजनीतिक अस्थीरता भैरहेको, गरीबी र बेरोजगारीले युवा पलायन बढिरहको र TRC लगायतका शान्तिप्रकृयाका काम पूरा नभैरहेको स्थितिमा पूर्व प्रम तथा ने का सभापति शेरबहादुर देउबा र प्रचण्डलाई बालुवाटारमा संगै राखेर स्वेच्छाले आफु चुनाव नलड्ने तर वहाॅहरू दुबैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रुपले सघाउने वाचा गरेको हुॅ। तर चुनाव पछि एमाले- माओवादी सरकार बन्यो। त्यसपश्चात पनि कांग्रेस-एमाले-माओवादी र अन्य सहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो। तर भूराजनीतिको प्रवेश पछि सबै भताभुंग ! त्यस यताको म्यूजिकल चेयर र मूलत: प्रचण्डको सत्तालिप्साको दुष्परिणाम जगजाहेरै छ।

फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ!! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा ( नयाॅ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार घट्दै, आज पनि गिरावट

असार ११, २०८३
मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

असार ११, २०८३
सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

असार ११, २०८३
ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

असार ११, २०८३
वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

असार ११, २०८३
स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व