कञ्चनपुर । नेकपा (एमाले) कञचनपुरले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
नेकपा (एमाले ) जिल्ला कमिटी कञ्चनपुर स्थानीय बिकास बिभागको आयोजनामा नेकपा (एमाले) कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरु नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष , कार्यपालिका सदस्य र वडा सदस्यहरूको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम कार्तिक ९ गते पार्टी कार्यालयमा हुने भएको हो।
उक्त भेला तथा अन्तरक्रियामा जनप्रतिनिधिका पहिलो प्राथमिकता : जनविश्वास आर्जन, स्थानीय तह र जनपक्षीय प्रतिनिधिका दायित्व ,जनप्रतिनिधि शुद्धताको लागि पार्टीको भुमिका, आर्थिक पारदर्शिता तथा शुद्धता र नेतृत्व शुद्धता , समृद्ध नेपाल र सुखी नेपाली निर्माणमा स्थानीय सरकारको भुमिका, लगायत विविध बिषयमा अन्तरक्रिया तथा छलफल हुने स्थानीय बिकास बिभागका प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभएको छ।