Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महिला टी–२० विश्वकपको उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ४, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ। फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने–सामने हुँदैछन्। फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ।

न्युजिल्यान्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो। न्युजिल्यान्ड १४ वर्षपछि टी–२० महिला विश्वकपमा पहिलो पटक फाइनलमा पुग्यो।

यसअघि सन् २००९ र २०१० मा न्युजिल्यान्ड फाइनलमा निराश भएको थियो। यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा उपाधि दाबेदार अस्ट्रेलियालाई सहजै आठ विकेटले हराएको थियो। छ पटकको विजेता अस्ट्रेलिया लगातार चौथो पटक टी–२० महिला विश्वकप जित्ने दाउमा थियो।

सन् २०१६ को च्याम्पियन वेस्ट इन्डिजलाई अर्को फाइनल खेल्न अन्तिम ओभरमा १५ रन बनाउनु जरुरी थियो तर सुजी बेट्सले सो ओभरमा मात्र छ रन खर्ची एक विकेट लिएर न्युजिल्यान्डलाई उपाधि भिडन्तमा पुर्‍ययाइन्। न्युजिल्यान्डको जितमा अन्य बलर इडेन कार्सन (३–२९) र एमेलिया कर (२–१४) को पनि भूमिका रह्यो। पहिले ब्याटिङ गरी न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १२८ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजले आठ विकेटको क्षतिमा १२० रन मात्र बनाउन सक्यो।

यसै गरी दक्षिण अफ्रिकाले लगातार दोस्रो पटक फाइनल खेल्ने भएको छ । घरेलु मैदानमा भएको पछिल्लो संस्करणमा दक्षिण अफ्रिका उपाधि भिडन्तमा अस्ट्रेलियासँग निराश बनेको थियो। त्यसैले दक्षिण अप्रिकाका लागि अस्ट्रेलियाविरुद्धको जित बदला पनि भएको छ।

समूह ‘ए’ विजेता बनेर सेमिफाइनलमा पुगेको अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १३४ रन बनाएको थियो । एनेके बोस्चले ४८ बलमा अविजित ७४ रनको सम्झनलायक पालि खेलेपछि दक्षिण अफ्रिकाले १७.२ ओभरमै दुई विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य हासिल गर्‍यो।

कप्तान लउरा भोल्भार्टले पनि ३७ बलमा ४२ रनको उपयोगी पालि खेलिन्। यस नतिजासँग अस्ट्रेलियाले महिला विश्वकपमा १५ खेलपछि हारको स्वाद चाखेको छ। सन् २००९ पछि अस्ट्रेलिया महिला विश्वकपमा पहिलो पटक पराजित भएको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै
खेलकुद

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

कार्तिक २७, २०८३
काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा
खेलकुद

काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

कार्तिक २७, २०८३
धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक
खेलकुद

धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

कार्तिक २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

कार्तिक २७, २०८३
काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

कार्तिक २७, २०८३
तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

कार्तिक २७, २०८३
नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

कार्तिक २७, २०८३
सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

कार्तिक २७, २०८३
धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

कार्तिक २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व