Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अमेरिकामा चर्चित बन्यो मिथिला ललितकला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो।

रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला ललितकला।

उनले पूर्वमिथिला कौशिकी शैलीलाई अमेरिका २६ वटा राज्यमा पस्किरहेका छन्। अमेरिका गएदेखि नै रायमाझी मिथिला ललितकला पस्किएर चर्चाको केन्द्रमा छन्।

मिथिला कौशिकी शैली नेपालमै दुर्लभ भइरहेको बेला उनी भने त्यसलाई विश्वमा चिनाउँदैछन्।

‘अमेरिकाको २६ वटा राज्यमा चित्रकला पस्किँदा मैले डेट पर्खिनु पर्दैन,’ उनी भन्छन्, ‘४०–५० वटा कृति भयो भने कुनै पनि राज्यमा गएर ग्यालरीमा हप्ता, दस र दुई हप्ताको समयमा प्रदर्शनी गर्न सक्छु।’

कुनै समय मिथिलामा चित्रकला भन्ने थिएन। हस्तकला थियो, शिल्पकला केही थिए।

त्यो कलाकृति उनका बुवा जितबहादुर रायमाझीले गर्थे। उनको कलाकृतिलाई कसरी पूर्ण गर्ने? भनी सोचमग्न भएर मिथिला ललितकलामा लागेका रायमाझीले आफ्ना बुवाको उचाइलाई छोराले पूरा गर्नुपर्छ भन्ने लक्ष्य बनाए।

मिथिला ललितकलाका केही पाटा छन्। मिथिला पुस्तान्तरण हुँदै आएको छ। यसको लिखित दस्तावेज छैनन्। अन्दाजको भरमा कला भर्नुपर्ने हुन्छ।

कतिपय डा. राजेन्द्र विमलले लेखेका किताबमा छन्। बिहार पटनाबाट लेखिएका किताबहरू भेटिन्छन्। अध्ययन गर्दा मिथिला लोक कला संस्कारी कुरा आउँछ। ती विधि–विधानमा प्रयोग हुन्छन्।

रायमाझी भने विषयवस्तुहरूलाई कथा बनाउँछन्। लोक कथामै आधारित भएर आफ्नो दैनिकी बिताउँछन्।

 

मिथिला ललितकलामा अर्को जटिल पाटो भनेको पौराणिक मिथहरू छन्, प्रमाणित लिखत छैनन्। रामका कथाहरू, कृष्णका देवी देवताका कुरा मिथक कथा हुन्।

यस्ता मिथकमा गहिरो अध्ययन भएन भने चित्र कोर्न सकिँदैन। त्यसमा प्रतिकात्मक चिन्हहरूको प्रयोग गर्नुपर्छ। सही ठाउँमा लगाउन सकिएन भने त्यसले अनर्थ दिन्छ।

अमेरिकी र पश्चिमाहरू गहिरो अध्ययन गर्छन्। त्यस्तो जमातमा कला पस्किँदा इज्जत जोगाउने चुनौती रहने रायमाझी बताउँछन्।

‘नयाँ पिढी आउन नचाहेको होला, हाम्रा नयाँ आउने पिढीहरू यसबारे जानकार छैनन्। लेभलसम्म पुग्ने गाइडलाइन छैन। त्यसैले मिथिला ललितकला भड्किएको छ,’ रायमाझी भन्छन्।

उनले चित्रकला सिकेको आफ्ना पिता जितबहादुरबाट हो। प्रतीकको घर सिरहा कर्जन्हा हो।

मध्यम वर्गीय परिवारका जितबहादुर नेपालकै पहिलो व्यक्ति थिए ललितकलामा।

बिएचयु बनारस हिन्दु विश्वविद्यालय, काशीबाट २०२८ सालअगाडि जितबहादुर नेपाल फर्किए।

जितबहादुरले चित्रकला पढे पनि प्रतीकलाई पढ्न दिएनन्। जितबहादुर आफ्नो समयको आधुनिक भ्यान्गगं, विश्वप्रशिद्ध कलाकार थिए।

जितबहादुर आफ्नो समयमा प्रखर वक्ता, कलाको क्षेत्रमा अब्बल थिए। उनलाई प्रोफेसरहरूले भारतमै राख्छौं भन्दैथिए। तर, जितबहादुर राजा महेन्द्रको राष्ट्रप्रेम देखेर नेपालमै केही गर्नुपर्छ भन्दै फर्किएका थिए।

प्रतीक लोक कलातिर लागें, उनमा लोक कलाको रस बस्यो। विभिन्न ठाउँहरू चहारे पनि सबैभन्दा ठूलो विश्वविद्यालय उनी आफ्ना बुवालाई ठान्छन्।

‘तर, मैले पिताजीको संगत धेरै पाइनँ। नपाएपछि मैले आफ्ना गुरुहरूबाट ज्ञान पाएँ। पिताजीबाटै पाउन सक्थें होला। बनारसको छोटो बसाइमा धेरै अध्ययन गर्न पाएँ। बुवाले ज्ञान सेयर गर्नुभएन,’ उनले भने, ‘बुवाले मलाई चित्रकलामा नआओस् भन्ने चाहना राख्नुहुन्थ्यो।’

त्यसैले पनि होला, प्रतिक १३ वर्षको उमेरमा घर छोडेर हिँडे। ‘आज जे छु, जस्तो छु आफूले आफैंलाई बनाएको हो। कडा मेहनत गरें, म पछि मेरो परिवार, आउने सन्ततिका लागि गर्नुपर्छ भन्दै आफ्नो क्षेत्रमा कडा मेहनत गरें। दिनरात, भोक–प्यास, झरी–घाम भनिनँ,’ उनले भने।

बुवाको पदचाप पछ्याउँदै र बडी ल्यांग्वेजबाट रायमाझीले धेरै सिकेका थिए। ‘ज्ञानगुनका कुरा सिक्न पाएको भए, आशीर्वाद पाएको भए, सय गुना अघि हुन सक्थें,’ उनले भने।

अमेरिका गइकन र अगाडिसमेत उनको मुख्य पेशा चित्रकला नै थियो। अमेरिकामा यसको बजार अहिले अथाह छ, जति नेपालमा नै छैन।

उनी नेपालमै मिथिला लोक कलालाई थप प्रामाणिक, बौद्धिक तथा आधुनिक रूपले पस्किन सक्थे होला। तर, उनलाई नेपालमा माओवादीहरूले बस्न दिएनन्।

उनले सन् २००७ मा नेपालमा मिथिला लोक कलाको कार्यशाला गर्न लागेका थिए। उनी मात्रै लोक कलाको कार्यशाला गर्थे। आफ्नै खर्चमा नेपालका लागि तत्कालीन भारतीय राजदूत गोपाल बागले, छिरिङ शेर्पाले त्यसअघि त्यस्तो कार्यशाला एक–एक पटक गरेका थिए।

उनको बागलेसँग संगत थियो। उनी भारतीय दूतावासमा सजिलै छिर्न सक्थें। त्यही कारणले होला प्रदर्शनीहरू गर्दा भारतीय दूतावासले रकम सहयोग पनि गर्थ्यो। नदिए पनि उनी प्रदर्शनी गर्थे। यसै क्रममा उनले बाहिरी संघ–संस्थाको काम पनि पाए।

कला कार्यशालाको प्रदर्शनीका लागि उनले लागि नेपाल आर्ट काउन्सिलमा गप्रयास गरिरहेका थिए। त्यहाँ हल बुकिङ पनि गरिसकेका थिए।

उनी सिरहा गोलबजार क्षेत्रमा सेभ द चिल्ड्रेनका लागि काम गर्थे। माओवादीहरू उनलाई अमेरिकी दलाल भन्थे।

कार्यशालाको फ्लायर बनाउने तयारी गरिरहेका बेला चार–पाँच जना माओवादीहरूले उनलाई उठाएका थिए।

माओवादीले चन्दाको कुरा गरे। उनले चन्दा दिने पैसा छैन भन्दिए। काठमाडौंको एउटा घरको दुई तलामाथि उनलाई लगियो।

उनी माओवादी कब्जाबाट फुत्किन सके। उनले दुई तलामाथि घरबाट हामफालेर ज्यान जोगाएका थिए। त्यो घटनाले उनको सकुशल शरीरमा समस्या देखिन थाल्यो। कम्मरमा समस्या अहिले पनि छ।

त्यसपछि अमेरिकातिरै गएका रायमाझीलाई त्यहाँ बसेर नेपाली कला संस्कृति चिनाउन सकेकोमा गर्व लागेको छ।

‘चित्रकृतिको पारिश्रमिक राम्रो पाउँछु। म मूल्य राख्दिनँ। म आफैं तिमीहरू कतिसम्म मूल्य दिन्छौ भनेर भन्छु। मलाई दाम देउ भन्छु, दिन्छन् मनग्गे। सोचेको भन्दा पनि तीन गुना बढी पारिश्रमिक पाउँछु,’ उनले भने।

उनी नेपालले आफूलाई बिर्सिसकेको बताउँछन्। केही साथीभाइ छन्, सम्झिन्छन्। ‘मेरो उपस्थिति नभएको धेरै वर्ष भयो। नेपालले के भन्छ भन्नेतिर लाग्न छोडें, मलाई टिकिखान– गरिखान नदिएपछि भविष्य सुनिश्चित हिँड्नुप¥यो। देशको मर्म बुझ्नलाई एक पटक विदेशिनु पर्छ नै,’ उनले भने।

देश चिनाउन र देशलाई गरिमामय नाम दिन मरिमेटेर लागिपरेको उनको अनुभव छ। ‘नेपालको विषयमा नेताले बदमासी गर्दा लेख्यौं, बोल्यौं भने अरिंगालले छोपेजसतो गर्छन्,’ उनले भने, ‘यस्ता चैतेहरूलाई म के भन्न चाहन्छु भने खेद, मरिमेटेर लाग न।’

रायमाझीले आफ्नो कला ९० वटा देशमा पु¥याएका छन्। सन् २००३ बाटै अन्तर्राष्ट्रिय मञ्चमा पुगेका उनी राजा वीरेन्द्रको एकदमै नजिक भएर बसेको थिए।

दरबार हत्याकाण्ड भयो। त्यसपछि उनलाई नेपाल बस्न रुची लाग्न छोडेको थियो। पछि घरमै माओवादीहरूले घेराउ गर्ने, अपहरण गर्नेसम्म भएपछि उनले नेपाल बस्ने सपना त्यागे।

उनी आफ्नो कलामा महिला–पुरुष जो पनि आउनका लागि आह्वान गर्छन्। त्यसरी आउने पिढीलाई चित्रकलाका वास्तविकताहरूको सोधी र अध्ययन गर्न उनी सुझाव दिन्छन्।

‘विधि, टेक्निक्स, कहाँबाट कहाँ पुगे। हामी नेपाली कलाकारले विश्वका कलाका महारथीहरूसँग कसरी हिँड्न सक्छौं? हैसियत हामीले बनाउन पर्छ, लोक कलामा लागौं, अध्ययन गरौं। आफ्नो रगत माटो समय सुहाउँदो कला पस्किऔं,’ उनले भने।

उनले अमेरिकामा मिथिला कलाको संग्रहालय स्थापना गर्ने सोच बनाएका छन्। त्यो संग्रहालय सन् २०२६ बाट सुरू हुने रायमाझीले बताए।

काठमाडौंमा अन्तरराष्ट्रियस्तरको कला प्रदर्शनी गर्ने र छानिएका कृतिलाई अमेरिका लगायतमा प्रदर्शनी गर्ने उनको योजना छ। -उपहार खबर

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व