बैतडीको पाटनमा चौथो संस्करणको पाटन प्रिमियर लिग ९पिपिएल(४० प्रतियोगिता सुरु भएको छ । आज प्रतियोगिताको पहिलो दिन एक खेल मात्रै सम्पन्न भएको छ । सहस्त्रलीङ्ग क्रिकेट क्लब र खोडपे स्पोट्स९बी०बीच भएको खेलमा सहस्त्रलीङ्ग क्रिकेट क्लबले जित दर्ता गरेको छ । सहस्त्रलिङ्ग क्रिकेट क्लबले खोड्पे स्पोट्स क्लबलाई ३२२ रनको विशाल अन्तरले हराएको छ । सहस्त्रलीङ्गले दिएको ३६० रनको लक्ष पछ्याएको खोड्पे स्पोट्स९बी० ३७ रनमै समेटियो ।
खोड्पे९बी०का सितोश बिष्टले १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । सहस्त्रलीङ्गका ललितले ३ विकेट लिए । पाटन ६ को कृष्ण माविको खेल मैदानमा यसअघि टस जितेर ब्याटिङ गरेको सहस्त्रलीङ्गले निर्धारीत २० ओभरमा अरुण र अर्जुन बिकले सतकीय पारीमा विशाल योगफल तयार भएको हो । अरुनले ११४ रन बनाए भने अर्जुनले ११० रन बनाए । राज बिकले ६३ रन बनाए । खोड्पे९बी०का नरेन्द्र ओलीले २ विकेट लिए ।
पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दको अध्यक्षतामा सञ्चालन भएको समुद्घाटन कार्यक्रममा नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथि रहेका थिए । कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्बोधन गर्दै मन्त्री भण्डारीको यस प्रतियोगिताबाट क्रिकेट प्रतिको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । संघीय सरकारबाट खेलकुदको विकासका लागि खेलमैदान निर्माणमा जोड दिएको समेत उनले बताए ।
जिल्लास्तरमा स्तरीय खेलमैदान निर्माणमा जोड दिएको उनको भनाइ छ । पाटन प्रिमियर लिग आयोजना भइरहेको यस श्री कृष्ण माविको खेल मैदान निर्माणमा पनि यस वर्ष संघीय सरकारले बजेट बिनियोजन गरेको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले पाटन नगरपालिकाले खेलकुदमा आवश्यक सहयोग गरिरहेको जानकारी गराए । – स्टार बुलेटिन









Discussion about this post