सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वालेटमार्फत एकैदिन ३० वटासम्म कारोबार गर्न सकिने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले यस्तो सीमा बढाइएको हो ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दसैँको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो । सामान्य अवस्थामा एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो ।

यो संशोधन दसैँका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि लागु हुने विभागका कामु कार्यकारी निर्देशक विनोदराज आचार्यले जानकारी दिए ।

अहिले बजारमा २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीका वालेट सेवा सञ्चालनका छन् । इसेवा, खल्ती, आईएमई–पे लगायत वालेटहरू बढी प्रयोगमा छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds