Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मेगा सहकारीको ११ औं वार्षिक साधारणसभा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २९, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । मेगा बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।

साधारण सभाबाट आगामी वर्षको बजेट, नीति र कार्यक्रम पारित गरिएको छ । साधारण सभामा उत्कृष्ठ बचत, ऋणी, सहकारीका कर्मचारी लगायतलाई सम्मान गरिएको छ ।

उद्घाटन सत्रपछि बन्द सत्रबाट अध्यक्ष रघुनाथको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष महेश्वरी देबी जोशीको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरिएका छन् ।

साधारण सभा उद्घाटन गर्दै पूर्व मन्त्री रावलले सुदूरपश्चिम प्रदेश सरकारले सहकारीको प्रवद्र्धन र विकासमा टेवा पुग्ने गरी प्रदेश सहकारी ऐन ल्याउने बताए ।

प्रदेश सरकारले ऐन ल्याउने तयारी अघि बढाएकाले त्यसका लागि आवश्यक सल्लाह सुझाव दिन सहकारीकर्मीलाई उनले आग्रह गरे ।

 

उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले सुरु गरेको भ्रष्टाचार नियन्त्रणको अभियानलाई ढाकछोप गर्न काँग्रेस एमाले गठबन्धन बनेको बताए ।

‘प्रचण्ड नेतृत्को तत्कालिन सरकारले गिरीबन्धु टि स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारका प्रकरण छानबिन गरी दोषीलाई कारवाहीको प्रक्रियामा ल्याउने प्रयास गरिएको थियो’ उनले भने, ‘ती कुरालाई ढाकढोप गर्न एक ठाउँमा आएका हुन् ।’

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्लले सहकारीलाई अर्थतन्त्रको प्रमुख खम्बा मानिएकाले सहकारीको विकास र प्रवद्र्धनमा ध्यान दिनु पर्नेमा जोड दिए ।

सुदूरपश्चिम थोक विशिष्ठ एकीकृत सहकारी संघका अध्यक्ष तथा उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले काठमाडौं उपत्यकाभित्रका सहकारीमा देखिएका समस्याले त्यस बाहिरका सहकारी विना कारण तनाव झेल्नु पर्ने अवस्था आएको बताए ।

 

उनले राज्यका कारण सहकारीमाथि चौतर्फी आक्रमण बढेको भन्दै चिन्ता व्यक्त गरे । ‘राज्यको कमजोरीले सहकारीमाथि आक्रमण बढेको छ, सहकारी र लघु वित्त एकै हुन भन्ने ठानिएको छ’ उनले भने ।

सहकारी संस्थालाई नीति नियम अनुसार सञ्चालन गर्न सके केही समस्या नहुने अध्यक्ष चन्दको भनाई थियो ।

‘अहिले सहकारी संस्था सम्बन्धि छानबिन गरि रहेको संसदीय समितिले समस्या नभएका सहकारी के कसरी सञ्चालन छन् भनेर छलफल गर्न काठमाडौं बोलाएको थियो, उदयदेब सहित सुदूरपश्चिमबाट तीन सहकारीका प्रतिनिधि सहभागी भयौ’ उनले भने,‘त्यसमा पनि हामीले नीति अनुसार चलाउने कुरामा जोड दियौ, कानुन अनुसार चले केही समस्या नै हुँदैन ।’

शिव शिखर सहकारी संस्थाको ब्याजको लोभमा बचतकर्ता फसेको उल्लेख गर्दैै कञ्चनपुर जिल्लाभित्रका स्थानीय वासिन्दा आवद्ध सहकारीमा कुनै पनि समस्या नभएको उनको भनाई थियो ।

 

कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका पूर्व सदस्य दशरथ भण्डारी, बचत तथा ऋण सहकारी संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष पे्रम सिह भाट, सिटिजन लाइफ इन्स्योरेन्पका शाखा प्रबन्धक खगेश्वरी बोकटी, राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रमुख दिनेश गेलाल, नेफस्कुनका यम बहादुर डाँगी लगायतले शुभकामना मन्तव्य राखे ।

सहकारी संस्थाका अध्यक्ष रघनाथ ओझाको अध्यक्षतामा कार्यक्रम गरियो । सहकारी संस्थाका उपाध्यक्ष रविन्द्र सिह धामीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सुनिल कुमार सेठीले गरे ।

२०७१ मा २५ जना शेयर सदस्य र ५२ हजार शेयर पूँजीबाट सहकारी संस्था सञ्चालन गरिएको थियो । ११ औं साधारण सभासम्म १८ हजार शेयर सदस्य र ६ करोड ८३ लाख शेयर पूँजी पुगेको छ ।

सहकारीले आर्थिक वर्ष २०८०÷०८१ सम्म ३६ करोड ५२ लाख निक्षेप संकलन र ५७ करोड २५ लाख ऋण लगानी गरेको छ ।

सहकारीले आर्थिक २०८०÷०८१ सम्म एक करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ । सहकारी हाल ५१ जना कर्मचारी कार्यरत छन् । सहकारीले भीनपा ३ मा आफ्नै कार्यालय भवन समेत निर्माण गरि सकेको छ ।

सहकारीका हाल ब्रम्हदेब, दैजी, दोधाराचाँदनी, बेलौरी र कैलालीको धनगढी शाखाबाट सेवा सञ्चालनमा छन् ।

 

साधारण सभा उद्घाटन सत्रमा ब्रम्हदेब उत्कृष्ट शाखा सहित कर्मचारी मनोरथ जोशी, मालती नाथ, सुरज भट्ट, जितमान चौधरी, आदित्य चौधरी, सानु चौधरी, संगिता ठगुन्ना, नानिकेत चौधरी, मञ्जु कुमारी पोखरेल, भानादेवी साउद, विष्ना पाठक, मेघा समुह बसन्तपुर, महेश सिह बोहरा, राजेश बडू, निर राना, सुमिल लामिछाने, कैलास खडका, जगतनाथ विष्ट, धर्मराज जोशी, आर्दश पाण्डेय, गंगादत्त पाण्डेय, उत्तरा कुमारी साउद, दिव्यश्री सिह, महेश सिह बोहरा, ईन्द्रीता चौधरी, विजय तिम्लिसिना, गौरब रावल, विवेक ढुङ्गेल, कार्यालय भवन निर्माण कम्पनी महालक्ष्मी निर्माण सेवा, ओरिजिन ईन्जनियरिङ्ग कल्सलटेन्सीलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व