Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्मला हत्याकाण्ड ६ वर्ष पूरा : अनुसन्धान नतिजा शून्य 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ११, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -०२ उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पुरा गरेको छ । १० साउन घरबाट साथी रोशनी बमको घरमा होमवर्क गर्छु भन्दै हिँडेकी निर्मलाको भोलिपल्ट ११ साउन उखुबारीमा शव फेला परेको थियो । निर्मला हत्याकाण्ड भएको आजसम्म ६ वर्ष अर्थात ७२ महिनाका २ हजार १९० दिन पुरा हुँदा समेत वास्तविक बलात्कारी हत्यारा अझै पहिचान भएको छैन् । यस बिचमा ५ गृहमन्त्री, ५ आईजिपी, ८ डीआईजी र ९ एसपी परिवर्तन हुँदा पनि दोषीको अहिलेसम्मै पहिचान भएका छैन् ।

उतिबेला केन्द्रीय अनुसन्धान ब्युरोबाट आएका तत्तकालिन डीएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरी प्रमुख तत्तकालिन एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानले निर्मलाको हत्याकाण्डमा भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप बिष्टलाई सार्वजनिक गरिएको थियो । दिलिप विष्ट हत्यामा हुनै सक्दैन भनेर अधिकारकर्मी सहित उतिबेला काँग्रेस नेता कार्यकर्ताहरूले आन्दोलन चर्काएका थिए । निर्मलाको न्यायका लागि भन्दै होमिएको आन्दोलनमा सन्नी खुना बालकले ज्यान गुमाएका थिए, भने दर्जनौँ स्थानीय घाईते भएका थिए ।

 

गृह मन्त्रालयको तथ्याङ्क अनुसार यस बिचमा पाँच गृहमन्त्री परिवर्तन भए निर्मला हत्याकाण्ड हुँदा गृहमन्त्री राम बहादुर थापा (बादल), त्यसपछि क्रमश बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र अहिले गृहमन्त्री रमेश लेखक रहेका छन् । लेखककै गृह नगरकी निर्मला पन्तले न्याय पाउने स्थानीयले अपेक्षा राखेका छन् ।

निर्मला हत्याकाण्ड हुँदा उतिबेला नेपाल प्रहरीका प्रमुख (प्रहरी महानिरीक्षक) सर्वेन्द्र खनाल थिए, त्यसपछि ठाकुर प्रसाद ज्ञवाली, शैलेश थापा (क्षेत्री), धिरज प्रताप सिह र हाल बसन्त बहादुर कुँवर रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार निर्मला हत्याकाण्ड हुँदा तत्तकालिन सुप प्रदेशको प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) सुरज केसी थिए । त्यसपछि क्रमश डिआइजीहरू तारणी प्रसाद लम्साल, उत्तम सुवेदी, पुरुषोत्तम कडेल, मोहन कुमार आचार्य, अशोक सिह, निमित्त प्रदेश प्रमुख एसएसपी जनकराज पाण्डेय, निमित्त तथा प्रदेश प्रमुख भरत बहादुर बोहरा, हाल डीआईजी रविन्द्र केसी रहेका छन् ।

निर्मला हत्याकाण्ड हुँदा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखमा तत्तकालिन एसपी दिल्लीराज विष्ट, त्यसपछि क्रमश तत्तकालिन एसपीहरू कुँवेर खडायत, दिनेश आचार्य, मुकुन्द मरासिनी, उमा प्रसाद चतुर्वेदी, श्याम सिह चौधरी, कमल थापा र हाल जिल्लाका प्रहरी प्रमुख (एसपी) चक्रराज जोशीले कमाण्ड सम्हालेका छन । ४भदौँ ०७५सालमा भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि गृह मन्त्रालयले ७ भदौँ ०७५ मा कञ्चनपुरका तत्तकालिन प्रमुख जिल्ला अधिकारी कुमार खडका, एसपी दिल्लीराज विष्ट, डीएसपी ज्ञान बहादुर सेठीको सरुवा, गर्दै सह–सचिव हरि प्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरिय छानबिन समिति गठन गरेको थियो । त्यसपछि तत्तकालिन गृहमन्त्री रवि लामिछानेले डीआईजी दुर्गा सिहको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

एसएसपी उत्तमराज सुवेदीको नेतृत्वमा पनि अर्को समिति गठन गरियो । त्यसपछि एआईजी धीरु बस्न्यातको नेतृत्वको समिति बनाइयो । मैनाली र बस्न्यातको समितिले अनुसन्धानमा खटिएका प्रहरीलाई कारबाही सिफारिस गर्नु बाहेक घटनाबारे यथार्थ पत्ता लगाउन सकेन । डीएनए विज्ञ जीवन रिजालको संयोजकत्वमा समिति बनाईयो । यो समितिले भने डीएनएलाई मात्रै आधार नमान्न र अनुसन्धानको दायरा फराकिलो गर्न सुझाव दिएको थियो । डीएनए बाहेक अन्य प्रमाणबाट कसुर पुष्टि हुने अवस्था देखिएमा प्रहरीलाई पक्राउ गरेर मुद्दा चलाउने बाटो रिजालको समितिले खोलिदिएको थियो ।


तत्कालीन डीआईजी सुरज केसीको नेतृत्वमा अर्को समिति गठन भयो । डीआईजी केसी नेतृत्वको समितिले एआईजी बस्न्यातको नेतृत्वको समितिले बनाएको प्रतिवेदन खारेज गरिदियो । निर्मला हत्याकाण्ड भएपछि भीमदत्त नगरपालिका स्थानीय सरकार, सुप प्रदेश सरकार र संघीय सरकारले क्रमश ३, ५ र १० लाख रुपैया पन्त परिवारलाई राहत दिएका थिए । घटनाको अनुसन्धानका लागि हालसम्म झण्डै ३३लाख बराबर खर्च भएको अधिकारीले बताएका छन । ६ समिति गठन हुँदा समेत उपलब्धी सुन्य भएको छ । गत असार ३०गते तत्तकालिन गृहमन्त्री रविलामिछानेले संसदमै निर्मलाका हत्यारा नजिक पुगेको दावि गरेका थिए ।

कञ्चनपुरकी महिला अधिकारकर्मी एवम् उतिबेला निर्मलाको न्यायका लागि शसक्त आन्दोलनमा होमिएकी शारदा चन्दले ६ बर्षसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्नु दुखत भएको बताईन् । ‘गृहमन्त्री ज्यूले अब निर्मलालाई न्याय दिनुपर्छ, यस अघि गृहमन्त्री भएका सबै जिल्ला बाहिरका हुँदा केही भएन, ‘अहिले हाम्रो जिल्लाले गृहमन्त्री पाएको छ, गृह नगर नगरले गृहमन्त्री पाएपछि निर्मलाले न्याय पाउने आश लिएको छु ।’ चन्दले उतिबेला अहिलेका गृहमन्त्री रमेश लेखकले आफ्नो पाटी सत्ता बाहिर हुँदा निर्मलाको विषयमा ब्यापक मुद्दा उठान गरेको बताउँदै अब आफै लेखक गृहमन्त्री हुँदा निर्मलाका बलात्कार हत्यारालाई सार्वजनिक गर्नुपर्ने उनले बताईन । ‘उतिबेला एमाले नेतृत्वमा माओवादी सहित सरकारमा थिए, काँग्रेंस बाहिर थियो, काँग्रेसका कार्यकर्तादेखि नेता कार्यकर्ताहरूले काँग्रेसले गृहमन्त्री पाए मिनेटमै निर्मलाका हत्यारा सार्वजनिक गछौँ भन्दै मुख च्यातिने गरी नाराबाजी गरेतर, अहिले त काँग्रेंसकै गृहमन्त्री छ, कसले रोक्ने निर्मलाका हत्यारालाई सार्वजनिक गर्न ।’ 

अधिकारकर्मी चन्दले केही व्यक्ति पाटीले निर्मलाको लासमाथि राजनीतिक गरेको र आफुले भने छोरीको न्यायका लागि लडेको र शास रहन्जेलसम्म न्यायका लागि लडिरहने बताईन । अधिकारकर्मी माया नेगीले निर्मलाले न्याय पाउनुपर्ने बताईन । ‘घटना भएको ६-६ वर्ष पुरा भयो, उनलाई न्याय दिन सरकारले कुनै कसर बाँकी राख्नु हुदैन, ‘उनले भनिन, ‘अहिले गृह नगरले गृहमन्त्री पनि पाएको छ, हामीलाई पुर्ण आशा, भरोसा र विश्वास पनि छ, यहाँकै गृहमन्त्री रमेश लेखक भएका छन, उहाँबाट न्यायको अपेक्षा छ ।’ निर्मलाको बलात्कार पछि हत्या भएको सबैलाई सर्ववितितै रहेको बताउँदै उनले न्यायका लागि ठुलो आन्दोलन उठेपनि अहिलेसम्मै हत्याराले छुट पाएको अब विलम्ब गर्न नहुने उनको भनाई छ । ‘वास्तविक हत्यारा पक्राउ गरेर कार्बाही गर्नुपर्छ, ‘उनले भने, ‘गृहमन्त्री ज्यूले आफ्नै छोरीबेटीको न्यायका लागि हामीले उहाँमाथि भरपुर भरोसा राखेका छौँ ।’

कञ्चनपुरकी महिला अगुवा भुवन कुँवरले निर्मलाको बलात्कारपछि हत्या भएको ६ बर्ष पुरा हुँदासम्म बलात्कारी पत्ता नलाग्नुमा सरकारको कमजोरी भएको बताईन । उनले अब गृह नगरले नै गृहमन्त्री पाएको अवस्थामा निर्मलाका हत्यारा पत्ता लाग्ने अपेक्षा राखिन । ‘आजसम्म हत्यारा पत्ता लागेन, अब त निर्मलाको गृहनगरमै नै गृहमन्त्री पाएको छ, अब लाग्ने हामीलाई आशा छ ।’ निर्मला लाई न्याय दिनलाउन समेत गृहमन्त्रीले गम्भिर हुनुपर्ने उनको सुझाव छ । एमाले निकट अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष समेत रहेकी कुँवरले बिहीबार प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र निर्मलाका हत्यारा सार्वजनिकको माग अघि सारेको बताईन । निर्मला हत्याकाण्डका दोषि सार्वजनिकको माग अघि सारेर संघर्ष गर्दै आएको दवावमुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले हत्यारा सरकारलाई थाहा हुँदाहुँदै पनि सार्वजनिक नगरेको बताईन । ‘यतिका ६-६ वर्ष भईसक्यो अहिलेसम्मै हत्यारा सार्वजनिक गरेको छैन, गरेको पनि विवादित भयो, ‘उनले भने, ‘अहिलेसम्म गृहमन्त्रीको नेतृत्व बाह्यी जिल्लाका नेताले गरेका थिए, अब त निर्मलाकै गृह नगरका नेता रमेश लेखकले गरेका छन, उतिबेला रमेश लेखक सहित उनको पाटीले आन्दोलनमा साथ सर्मथन एव आन्दोलन गरेका थिए, अब उनी नै मुल नेतृत्वमा पुगेका छन, अब निर्मलाले न्याय पाउने हामीलाई आशा पलाएको छ ।’ अहिले निर्मलाले न्याय नपाए कहिल्यै नपाउने संघर्ष समितिकी संयोजक श्रेष्ठको भनाई छ ।

निर्मलाको न्यायका लागि भन्दै उतिबेला युद्धस्तरमा ज्यान फालेर आन्दोलनमा होमिएकी महिला अगुवा सन्तोषी साउद(ऐरी)ले अब निर्मलाका हत्यारा पक्राउ पर्ने आशा व्यक्त गरेकी छिन । ‘अहिलेसम्म वास्तविक दोषि पत्ता लग्न सकेन, यो दुखत विषय हो, ‘उनले भनिन, ‘अब गृहमन्त्री पनि गृह जिल्लाले पाएको छ, हामीलाई उहाँबाट ठुलो आशा छ, अब निर्मलाले न्याय पाउँछिन ।’ हालका गृहमन्त्री रमेश लेखक ज्यूले मातहतका निकायलाई निर्देशन दिएर थप सुक्ष्म अनुसन्धान गरेर दोषि पहिचान गरेर निर्मलालाई न्याय दिनुपर्ने उनले जोडदिईन । उतिबेला युद्धस्तरमा आन्दोलनमा होमिएकी महिला अगुवा लक्ष्मी मल्लले गृह नगरले गृहमन्त्री पाएसंगै हत्यारा पत्ता लाग्ने आशा व्यक्त गरेकी छिन । ‘उतिबेला हाम्रै आन्दोलनमा अहिलेका गृहमन्त्री रमेश लेखक ज्यू साथमै भएर घरसम्मै पुगे पुरै घटना उहाँलाई पनि थाहा छ, अब उहाँ अहिले नेतृत्वमा हुनुहुन्छ, अब निर्मलाले न्याउ पाउने हामीले आशा गरेका छौँ, ‘उनले भनिन, ‘अहिले निर्मलाका हत्यारा पत्ता नलागे कहिल्यै लाग्दैन ।’ निर्मलाको न्यायका लागि भन्दै आन्दोलनम होमिएका घाईते सुरेन्द्र देउवाले आफुले अहिलेसम्मै राहत नपाएको दुखेसो पोखे । ‘हामी निर्मलाको न्यायका लागि आन्दोलनमा होमिए, म पनि त्यही आन्दोलनको घाईते हुँ, तर सरकारले मलाई हेरेन, यसविचमा थुप्रै गृहमन्त्री फेरीए अहिले त गृहनगरकै गृहमन्त्री हुनुहुन्छ, अब निर्मलाले न्याय पाउने घाईतेले उपचार पाउने आशा लिएको छु ।’

देउवाले अहिलेसम्मै गृह मन्त्रालयको नेतृत्व अन्य व्यक्तिले लिदा निर्मलाको विषयमा गम्भिर नभएको र अहिलेका गृहमन्त्री रमेश लेखकले निर्मलाको विषयमा बुझेको आफ्नै गृहनगरकी छोरीको न्यायका लागि सत प्रतिशत खटिएर लाग्ने आफुलाई विश्वास भएको बताए । ‘यस अघि गृहमन्त्री भएका नेताबाट हामीले आस पनि गरेका थिएनौँ, ‘उनले भने, ‘अहिले त निर्मलाकै गृहनगरका रमेश लेखक ज्यू गृहमन्त्री भएका छन, अब हामीलाई निर्मलाका बलात्कारी हत्यारा पक्राउ पर्ने विश्वास छ ।’


नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले ६ बर्षवितिसक्दा पनि निर्मलाका बलात्कारी हत्यारा सार्वजनिक नहुनु दुखत विषय भएको बताईन । उनले अहिलेका गृहमन्त्री रमेश लेखक निर्मलाकै निर्वाचन क्षेत्रका भएकाले अन्य गृहमन्त्री भन्दा लेखकप्रति ठुलो अपेक्षा रहेको बताईन । ‘यस अघि गृहमन्त्री भएकाहरुले यहाँका स्थानीय परिवेस पनि थाहा थिएन, उनीहरु गम्भिर भएनन, अहिलेका गृहमन्त्री ज्यूलाई यहाँको निर्मलाको हत्याकाण्ड बारे पुरै थाहा छ, अब उहाँले निर्मलाको हत्यारा सार्वजनिक गर्ने आशा छ, ‘उनले भनिन, ‘अहिलेका गृहमन्त्री ज्यूप्रति हामीलाई वास्तविक निर्मलाका हत्यारा सार्वजनिक हुने विश्वास पनि छ ।’ संयोजक भण्डारीले निर्मलाको स्मृतिमा बिहीबार(१०साउन)मा दिप प्रज्वलन र शुक्रबार(११साउन)मा प्रशासन मार्फत पुन सरकारको ध्यानाकर्षण गराउने बताईन । ‘उतिबेला हामीले गरेको संघर्ष र आवाज निरन्तर उठाउँछौँ, ‘उनले भनिन, ‘अब यस विषयमा सरकार झन गम्भिर हुनुपर्छ ।’

छोरी निर्मलाको बलात्कारपछि हत्या भएको आज ६ बर्षपनि पुरा भईसक्यो, सरकारले हत्यारा अझै पत्ता लगाउन सकेको छैन । उतिबेला घरमा अधिकारकर्मी, नेता, प्रहरी, पत्रकार लस्करका लस्कर आउथे, आजभोली कोही आउँदैनन, पनि सोध्दापनि सोध्दैनन । मैले त न्याय पाउने आसै मारिसकेको छु ।अहिले यो ठाँउबाट गृहमन्त्री पनि भएका छन । उनले चाहे दोषि पत्ता लाग्छ । गृहमन्त्री रमेश लेखकले चाहे भने निर्मलाका हत्यारा पत्ता लाग्छन । अहिलेसम्मै न्याय पाएको छैन, पीडित परिवारमा पीडा थपिएको थप्यै छ । उहाँ गृहमन्त्री रमेश लेखकले विगतमा पनि मेरी छोरीको न्यायका लागि बचन दिएका थिए, अहिले उहाँप्रति आश छ । यो साउन महिना लागेपछि मलाई निर्मलाको यादले झन पीडा थपिन्छ, साउन महिना कहिले जाला हुन्छ । निर्मलाका आमा दुर्गादेवीबाट तीन छोरी मध्ये निर्मला माईली, जेठीको एक वर्ष अघि विवाह भयो, कान्छी छोरी मात्रै छिन । 

निर्मलाका बाबु यज्ञराज पन्तले दोस्रो विवाह गरेपछि उनी कान्छी श्रीमतीसंगै भीमदत्त -०१ भाँसी बस्दै आएका छन । निर्मलाकी आमा भीनपा २उल्टाखाम बस्दै आएकी छिन । निर्मलाकी आमा दुर्गा अहिले भीमदत्त नगरपालिका २वडा कार्यालयमा सहयोगीका रुपमा काम गर्दै गुजारा चलाउँदै आएकी छिन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले निर्मलाको हत्याकाण्डको अनुसन्धान निरन्तर भईरहेको बताए । एसपी जोशीले हालसम्म ६५५ व्यक्तिमाथि अनुसन्धान भएको बताए ।‘५९जनासंग कागज गराएर अनुसन्धान गरेका छौँ, ‘उनले भने, १जनामाथि हालपनि गरेका छौँ ।’ १६४ जनाको डिएनए परीक्षण गरेरै अनुसन्धान गरिएको एसपी जोशीले बताए । उतिबेला आन्दोलनमा होमिएका भिडले जे भन्यो, त्यही गर्दा आज निर्मलाको घटना झन गिजोलिएको भन्दै आलोचना भईरहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व