Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेदकोट ८ गैलनदीमा प्रहरी चौकी स्थापना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १६, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरको उत्तरी चुरे तटिय क्षेत्रको एक गाँउमा प्रहरी चौकी स्थापना गरिएको छ । बेदकोट नगरपालिका ८ गैलनदीमा प्रहरी चौकी स्थापना गरिएको हो ।
गणतन्त्र दिवसमै दिन मंगलबार एक कार्यक्रमका विच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले वडाको स्थानीय शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए ।
‘दुई बर्ष अघि हामी निर्वाचित भएसंगै पहिलो वडा कार्यालयले प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेका थियौँ, ‘उनले भने, ‘वडा, पालिका हुँदै जिल्ला सुरक्षा समितिसम्मै निवेदन पेश गरेसंगै आज आएर प्रहरी चौकी स्थापना गर्न सफल भएका छौँ ।’
वडाका जनताको सुरक्षाका साथै गाँउमा हुने उच्छृङगल गतिबिधी, लागु औषधको गैर कानुनी गतिबिधी नियन्त्रणका लागि प्रहरी चौकी अपरिहार्य भएकाले प्रहरी चौकी स्थापना गर्न सफल भएको वडाध्यक्ष जोशीले बताए ।
‘प्रहरी सहित हामीले वडाका सबै टोलमा पहिलो चरणमा सचेतिकरण अभियान थाल्छौँ, ‘उनले भने, ‘गैर कानुनी काम स्व.नियन्त्रणका लागि वडाका व्यवसायीसंग अनुरोध गछौँ, त्यही अनुरुप थप अबान्छित गतिबिधी रोक्छौँ ।’ पछिल्ला दिनहरुमा बृद्धि भईरहेको गैर कानुनी गतिबिधी लागु औषधको सेवन, ओसारपसार जस्ता काम कार्बाही नियन्त्रण गर्ने बताए ।
कार्यक्तममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले गाँउमा शान्ति सुरक्षा अमन चयनका लागि अहिले अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको बताए ।प्रहरी पोष्ट स्थापनाका लागि वडाध्यक्ष महेशराज जोशीको सकृयता, मेहनतले स्थापना भएको प्रहरी पोष्ट चौकीमा रुपान्तरणका लागि पहल गरिने बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रहरी गाँउमा बसेपछि ढुक्क र त्रसिन नहुन आग्रह गरेका छन । ‘प्रहरी गाँउमा आएपछि सबै काम प्रहरी नै गर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ, ‘उनले भने, ‘अनि त्रसित हुनुपर्ने पनि छैन, राम्रो काम गर्नुपर्छ ।’अभिभावक समेत सचेत हुनुपर्ने प्रजिअ अधिकारीको भनाई छ । नागरिकले समेत व्यवहार परिर्वतन गर्नुपर्ने प्रजिअ अधिकारीले सुझाव दिएका छन ।
गाँउमै प्रहरी चौकी स्थापना भएपछि स्थानीय हर्षित भएका छन । प्रहरी नहुँदा गाँउमा चोरी तस्करी, लागु औषधको कारोबार, अनियमित मदिरा बेचबिखनदेखिका गैर कानुनी गतिबिधी नियन्त्रण हुने अपेक्षा गरेका छन ।
स्थानीय एव पुर्व सुरक्षाकर्मी महाबीर ब. बमले चौकी स्थापना भएसंगै गैर कानुनी गतिबिधी नियन्त्रण हुने बताए ।
अर्का स्थानीय एव पुर्व नेपाल प्रहरी सहायक निरीक्षक केशव राज जोशीले प्रहरी चौकी स्थापनासंगै गाँउमा हुने अबाञ्चित गतिबिधी रोकिने अपेक्षा राखेका छन ।
स्थानीय समाजसेवी रघुबिर साउदले प्रहरी नहुँदा गाँउमा बाख्रा, साईकल चोरी हुने, राती हिड्न चिन्ता थियो, महिला बालबालिका एक्लै हिड्न समस्या भएको बताउँदै उनले अब नागरिक ढुक्क भएर सुरक्षित बस्ने बताए । स्थानीयले वडाध्यक्ष जोशीको अथक मेहनत प्रयासले गाँउमै प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षामा अनुभुती प्रकट गरेका छन । कार्यक्रममा जनप्रतिनिधी, विभिन्न दलका प्रतिनिधी सहितको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व