Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको विकासमा बाधक बन्दै निकुञ्ज, जनता हैरान !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ६, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको विकास निर्माणका योजनामा एक सरकारी निकाय नै बाधक बनिरहेको छ । जिल्लाको विकास निर्माणका काममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाधक बनिरहेको हो । सडक विस्तारदेखि निकुञ्ज वरपर क्षेत्रमा हुने हरेक विकास निर्माणका काममा निकुञ्जले अनेकन ऐन कानुन देखाएर विकास निर्माणका कामकाजमा अवरोध गर्दै आएको सरकारी तथा गैर सरकारी निकायले जनाएका छन् ।

निकुञ्जले बेलौरी–कलुवापुर र हुलाकी राजमार्ग अन्र्तरगत दैजी–बेलडाँडी सडक खण्डमा अवरोध गर्दा सडक अझैसम्म पनि सुधार भएको छैन् । २०७३ सालमै ठेक्का भएको हुलाकी राजमार्ग अन्र्तरगत दैजी बेलडाँडी सडक खण्डमा ६ महिनासम्म कामै गर्न नदिएको निकुञ्जले अहिले आधा सडक विस्तार भएपछि पनि अवरोध गरेको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सुचना अधिकारी ईन्जिनियर बर्ख बहादुर कडायतले निकुञ्जले निर्माण कम्पनीलाई निकुञ्ज क्षेत्रमा काम गर्न अनुमती नदिएपछि गत बर्षदेखि काम रोकिएको बताए ।
हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सुचना अधिकारी कठायतले आधा सडक विस्तार भएको अवस्थामा निकुञ्जले कालोपत्रे गर्ने बेला अनुमती नदिएर अवरोध गरेको बताए । ‘हुलाकी सडक सडकको दैजी बेलडाँडी खण्डमा आधा काम भईसकेको छ, कालिकिचदेखि उत्तर झण्डै ७÷८ किलोमिटर मात्रै कालोपत्रे गर्न बाँकी छ, बेस निर्माण भएको छ, ‘उनले भने, अहिले आएर निकुञ्जले बाधा उत्पन्न गरेर सडक कालोपत्रे हुन सकेको छैन् ।’ हुलाकी सडक शुरुवातीदेखि हालसम्म निकुञ्जभित्रको खण्डमा आधा जति काम भईसकेको अवस्थामा अनुमती नदिने अकनेक बाधा उत्पन गराएको बताए ।

निकुञ्जले नै जिल्लाको दक्षिणी क्षेत्र बेलौरी जोड्ने कलुवापुर–बेलौरी खण्ड अन्र्तरगत कालागौडीदेखि चान्देवसम्म समेत अवरोध गरेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका ईन्जिनियर हेमराज भट्टले ०७७ सालमै निकुञ्जले आईईको रिर्पोट मागेर सडक कालोपत्रे गर्न नदिएको बताए । ‘हामीले उक्त खण्ड अन्र्तरगत बेस निर्माण गरेका थियौँ, ‘ईन्जिनियर भट्टले भने, ‘कालोपत्रे गर्ने चरणमा पुग्दा निकुञ्ज आएर अवरोध गरिदियो, हामीले उक्त खण्ड छाडेर बाँकी काम भएको भिओ समेत माईनसमा देखाउनुप¥यो ।’

बेलडाँडी गाँउपालिका ५ झिलमिलामा निर्माण भईरहेको छाडा पशु चौपाया व्यवस्थापनका लागि निर्माण कार्यमा समेत निकुञ्जले बाधा उत्पन्न गरेको बेलडाँडी गाँउपालिकाले जनाएको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले छाडा पशु चौपाया व्यवस्थापनका लागि अघि बढिरहेको निकुञ्जले केही प्रकृया पु¥याउनका लागि भन्दै अवरोध गरेको बताए । बन्यजन्तुलाई देखाएर सडक स्तर बृद्धि गर्न अवरोध गरेको निकुञ्जले हुलाकी र कलुवापुर बेलौरी सडक निर्माणका अवरोध गरेर झन कच्चि सडकका कारण धुलाम्मेले बन्यजन्तु र पर्यावरणमा थप असर पर्दै आएको छ ।

सडक सुधार नहुँदा दैनिक सवारी दुर्घटनादेखि यात्रुलाई कष्टकर जिवन विताउन बाध्य भएका छन । कच्चि सडकका कारण आइतबार बिहान बेलडाँडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत ऐर सवारी महेन्द्रनगरदेखि कार्यालय आउने क्रममा म१झ १०२नम्बरको सरकारी जिप दुर्घटनामा परेको छ । कच्चि सडकमा रहेका खाल्टाखुल्टीले जिपको अगाडी तर्फ दायाँ चक्का खुस्किएको छ । झण्डै ठुलो दुर्घटनाबाट जोगिएको छ । हिउँद,गर्मीमा धुलाम्मे र बर्षातमा हिलाम्मे सडकले नागरिक ज्यान जोखिममा परेर यात्रा गर्न बाध्य भएका छन् ।

अहिले २०५६ सालदेखि बन्द रहेको मझगाँउ विमानस्थल विस्तारको काममा निकुञ्जले छलपकटको काम गरेको भन्दै मझगाँउ विमानस्थल पुनःनिर्माण समिति आन्दोलित नै भएको छ । मझगाँउ विमानस्थल पुनः निर्माण समितिका अध्यक्ष रमेश चन्दले निकुञ्जले एक बर्षदेखि विमानस्थलको काम रोकेको बताए । ‘यो विकासको काममा निकुञ्ज प्रमुख बाधक बनेको छ, निकुञ्जका कर्मचारीको दोहोरो चरित्रले नागरिक र सेनालाई विवादमा ल्याउने काम भएको छ, ‘उनले भने, ‘निकुञ्जका कर्मचारी चोखा भए विकास निर्माणमा यस्तो नाटकीय बाधा हुँदैन ।’ पुर्व वन अधिकृत समेत रहेका संयोजक चन्दले निकुञ्जका कर्मचारीलाई प्रति ईङगित गर्दै कुनै विकास निर्माणको काममा घुस दिए काम गर्न दिने नदिए अनेकन ऐनका विषय अघि सारेर सरकारले जनताका लागि गर्ने विकास निर्माणका काममा बाधा उत्पन्न गर्ने कर्मचारीमा संस्कारले नागरिकले विकासको अनुभूती नै गर्न नपाएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले कार्यालय जिल्लाको विकास निर्माणमा बाधक नबनेको दावि गर्दै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले कार्यालयका सुचना अधिकारी मनोज ऐरले हुलाकी राजमार्ग निर्माण कम्पनीले फेरी अस्थायी क्रसका लागि अनुमती माग गरेको सो दिन नसकेको र तर निकुञ्जभित्रको सडकमा कामकाज गर्न अनुमती दिएको बताए । ‘यस अघि पनि हुलाकी सडक निर्माण कम्पनीले निकुञ्ज प्रवेस दैजी क्षेत्रमा लामो समय अस्थायी क्रसर राखेर काम ग¥यो, ‘फेरी अनुमती मागेको छ, यस विषयमा हामीले क्रसर अन्यन्त्र राखेर काम गर्न भनेकै छौँ ।’

यसरी कञ्चनपुरका विभिन्न विकास निर्माणका कामकाजमा निकुञ्जले अवरोध गर्दै आएपछि अन्तर सरकारी कार्यालय, कर्मचारी मात्रै होईन नागरिक समेत निकुञ्ज र केही निकुञ्जका कर्मचारी विकास बिरोधी भएको संज्ञा दिदै आएका छन । यस विषयमा पटक पटक राजनीतिक दलहरुले हरेक चुनावमा मझगाँउ विमानस्थलदेखि हुलाकी सडक, बेलौरी कलुवापुर सडक, निकुञ्जबाट मानव बस्तीमा बन्यजन्तुबाट हुने क्षतिको विषयमा चुनावी मुद्दा उठान गरेपनि चुनाव जितेपछि भुल्ने प्रवृतिले जति चुनाव आउँदा समेत जनता विकासबाट बञ्चित नै हुनु परेको छ ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व