सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरका निवर्तमान मेयर विष्ट सहितका जनप्रतिनिधि कर्मचारीलाई विशेष अदालतबाट सफाइ

कञ्चनपुर –  कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख (मेयर) सुरेन्द्र विष्ट सहितका जनप्रतिनिधि कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाउँदै मुद्दा दायर गरे पनि अदालतले दाबी नपुग्ने फैसला गर्दै सफाइ हुने ठहर गरेको हो ।

कोरोना महामारीको बेला महाकाली नदीको नदीजन्य पदार्थ संकलन नभएको अवस्थामा रोयल्टी छुट दिएको अवस्थामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले विशेष अदालतमा भवानी कन्स्ट्रक्सन प्रालि समेत ११, सुरेन्द्र विष्ट समेत १४ र सुरेन्द्र विष्ट समेत १२ गरी ३ मुद्दा दायर गरेकोमा सबै मुद्दामा सफाइ हुने फैसला भएको छ । विशेष अदालतका न्यायाधीश टेक नारायण कुँवर, रामबहादुर थापा र रितेश थापाको इजलासले मंगलबार भ्रष्टाचार मुद्दामा सफाइ हुने फैसला गरेको छ ।

अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भीमदत्त नगरका तत्तकालिन मेयर सुरेन्द्र विष्ट, प्रवक्ता हिमाल चन्द, तत्तकालिन प्रमुख प्रशासकीय पुष्करराज भट्ट सहित , निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, इन्जिनियर हिमालय सिह ऐर, लेखा अधिकृत गोविन्द राज उपाध्याय, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नर बहादुर शाह, लेखा अधिकृत बिक्रम भण्डारी, भवानी कन्स्ट्रक्सन पांलिका सञ्चालक केवशराज भट्ट, पुष्पराज भट्ट, कम्पनीमा आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, मृतक ईश्वरी प्रसाद भट्टकी श्रीमती एव नजिककी हकदार खगेश्वरी भट्ट, तत्तकालिन नासु नरेन्द्रदेव भट्ट, को नाममा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सबैले सफाइ पाएका हुन । अख्तियारले मुद्दा लगाएपछि नगरपालिका थुप्रै कर्मचारी निलम्बनमा परेर नगरपालिकामा कर्मचारीको अभाव भएको थियो । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.