सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डीआईजी केसीको मातहत युनिट इन्चार्जलाई निर्देशन : तस्करसँग साँठगाँठ गर्ने होइन्, तस्करी तह लगाउनु 

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित कार्यरत युनिट इन्चार्जहरूलाई आवश्यक निर्देशन दिनु भएको छ । उनले वर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी दिँदै, आगामी दिनमा आइपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरूमा निर्देशन दिनु भयो ।

उक्त अवसरमा उहाँले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूले निस्स्वार्थ सेवा प्रवाह गर्दै निष्ठावान्, इमानदार एवम् सिर्जनशील भई अवैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रु मैत्री व्यवहार, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरि सीमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई प्रभावकारी रुपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरि सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

डीआईजी केसीले प्रहरी युनियन इन्चार्जलाई तस्करसँग मिलेर राजस्व छलीमा प्रहरी संलग्न नभई तस्करका गैर कानुनी गतिविधि नियन्त्रण गर्न जवरजस्त निर्देशन दिए । कैलाली कञ्चनपुर बढि तस्करी हुने जिल्ला भएकाले चनाखो भएर राजस्व छली विरुद्धका गतिविधि नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिए । नेपाल भारतको सिमा नाकाबाट हुने भन्सार चोरी तस्करी तथा सिमा नाकामा हुने आपराधिक गतिविधिका विरुद्ध कडाइका साथ प्रस्तुत भई काम गर्ने, लागू औषधको ओसार पसार र बिक्री बितरण कडाइका साथ नियन्त्रण गर्ने, सवारी दुर्घटना न्यूनिकरण र नियन्त्रण गर्न प्रभावकारी रुपमा ट्राफिक नियमहरूको नियमन गर्ने, फरार अपराधीहरूको व्यापक रुपमा खोज तलास गर्ने, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुने, नागरिक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरि चुस्त दुरुस्त नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्ने, गैर व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधिमा संलग्न नभई अनुशासनमा रही उच्च मनोबलका साथ त्रुटीरहित ढंगबाट कार्य सम्पादन गर्नुका साथै अवैध कारोबारलाई नियन्त्रण गर्न सूचना संकलन एवं विश्लेषण लाई थप प्रभावकारी बनाई आमजन मानसमा प्रहरी प्रतिको छवि अझ राम्रो पार्नको लागि सृजनात्मक कार्यहरू गर्ने लगायतका समसामयिक विषयहरूमा आवश्यक निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत बरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज विष्ट सहितका
प्रहरी अधिकृतहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रमुख तथा सिमा नाकामा अवस्थित प्रहरी युनिटमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत समेत गरी प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Mahakali Polytechnic

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.