सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रास्वपाले प्रतिनिधि सभामा मात्रै उम्मेदवार उठाउने, प्रदेशमा उम्मेदवारी नदिने

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपचुनावमा भाग लिने निर्णय गरेको छ ।

आज सोमवार पार्टी मुख्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले आउँदाे वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावमा भाग लिने निर्णय गरेको हो । तर प्रदेश सभामा बझाङ–१ को उपचुनावमा भने पार्टीले भाग नलिने निर्णय गरेको पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले उपचुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्ने निर्णय पनि गरेको छ । पार्टीलाई सरकार, संसद् र सङ्गठनमा बलियो बनाउन सहयोगी टिमहरू गठन गरेर अघि बढ्ने निर्णय पनि गरेको महामन्त्री ढकालले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सत्ता गठबन्धनमा आबद्ध भएर पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागिता जनाएको छ । उज्यालो अनलाइनबाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds