कञ्चनपुर – दार्चुला जिल्लाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी माथि प्रशासकीय भवन भित्रकै निवासमा आगजनी सहित ज्यान मार्ने आक्रमणको घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश कार्यसमितिले खेद प्रकट गरेको छ। निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश कार्यसमितिका महासचिव महादेव जोशीको हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तिमा खेद प्रकट गरिएको हो।
साथै विज्ञप्तिमा इलाका प्रहरी कार्यालय नजिकै रहेको मार्मा गाउँपालिकाको निवासमा ज्यान मार्ने उद्देश्यले भएको यस्तो अमानवीय घटनमा संलग्न अपराधीहरूको तत्काल खोजी गरी कानूनी दायरमा ल्याई राष्ट्रसेवक कर्मचारीलाई काम गर्ने वातावरण सृजना गर्न र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको कार्यस्थलको सुरक्षा प्रबन्ध गर्न सम्बन्धित सम्पूर्ण निकायसँग जोडदार माग गरिएको छ।









Discussion about this post