Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजदेखि खुला मञ्चमा औद्योगिक व्यापार मेला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २१, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – आज (सोमबार) देखि कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको हो ।

 

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ यस पटक उद्योग वाणिज्य संघले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला संचालन गर्न लागेको आयोजकले जनाएको छ ।

 

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले मेलाको सम्पूर्ण तयारी पुरा भएको बताए । महासचिव बोहराले मेलाको पहिलो दिन उद्घाटन सहित विवित साँस्कृतिक कार्यक्रम हुनेछ । दिउँसोतिर मेलाको औपचारिक उद्घाटन हुने छ । पुर्वमन्त्री एवम् नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकको प्रमुख आथित्यमा उद्घाटन हुने छ ।

 

वाणिज्य संघका महासचिव बोहराले उद्घाटन समारोहमा अन्य अतिथिबाट समेत सम्बोधन हुने बताए । स्थानीय बस्तु, सेवा, कला, संस्कृतिको प्रर्बद्धनका लागि ०५७ देखि ०८० सम्म आईपुग्दा १५ औँ संस्करको मेला संचालन गर्न लागेको बताए ।

 

स्थानीय स्तरमा उत्पादित कृषि, खाद्य सहितका बस्तु तथा सेवाका प्रचारप्रसार, प्रर्बद्धन बजारीकरणका लागि मेला संचालन गर्न लागेको बताए । महासचिव बोहराले दश दिनसम्म संचालन हुने महोत्सवमा ३सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रर्दशन गरिनेछन ।

 

मनोरन्जनका लागि बाल उद्यान राखिने यसका साथै सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशन गरिनेछन । ‘यस पटक हामीले थारु समुदायको संस्कृति खाद्य परिवार प्रर्बद्धनका छुट्टै ‘थारु गाँउ’ बनाएर खाने परिकार, संस्कृति कला प्रर्दशन गछौँ, ‘महासचिव बोहरा भने, ‘यो महोत्सवको मुख्य आकर्षण पनि हुनेछ ।’स्थानीय तथा राष्ट्रिय कलाबारबाट समेत विवित साँस्कृतिक कला प्रस्तुत हुनेछ । उनले सीमावर्ती भारतसंग जोडिएको कञ्चनपुर भएकाले महोत्सवमा भारतीय दर्शकहरु समेत भ्रित्राउने बताए ।

 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए ।

 

अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकको पाँच रुपैया विनियोजन गरेर समाजिक कामका खर्च गरिने बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्टाईएको रकम खर्च गरिनेछ । महोत्सव सफल पार्नका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १सय ५१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १६ उप समिति समेत गठन गरिएका छन । मुल आयोजक समितिमा संघका बरिष्ठ उपाध्यक्ष मल्ल सह संयोजक तथा महासचिव खगेश्वर बोहरा सदस्य सचिव रहेका छन ।

 

संघका निवर्तमान अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा अतिथि सत्कार समिति, बरिष्ठ उपाध्यक्ष दिनेश मल्लको संयोजकत्वमा सुरक्षा समनवय तथा यातायात समिति, प्रथम उपाध्यक्ष सुरेश गुरुङ्गको सयोजकत्वमा बाल उद्यान समिति, वाणिज्य उपाध्यक्ष धर्मसिह रावलको संयोजकत्वमा पर्यटन प्रर्बद्धन, महासचिव खगेश्वर बोहराको सयोजकत्वमा सचिवालय समिति संयोजक, सचिव राहुल भट्टको संयोजकत्वमा खानेपानी, विद्युत तथा सरसफाई व्यवस्थापन समिति, कोषाध्यक्ष चेतराज जोशीको संयोजकत्वमा आर्थिक तथा साँस्कृतिक समिति, सदस्य गोपाल बुढापालको संयोजकत्वमा प्रंचारप्रसार समिति, सदस्य नरेन्द्र प्रशाद जोशीको सयोजकत्वमा स्टल बुकिङ्ग समिति, सदस्य प्रेम प्रकास पाठकको सयोजकत्वमा कृषि, प्रर्बद्धन समिति, सदस्य प्रदिप पालको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति, सदस्य विशाल सोनारको संयोजकत्वमा स्टल निर्माण तथा मञ्च व्यवस्थापन समिति, सदस्य भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड सिष्टम व्यवस्थापन समिति, सदस्य मिनराज भट्टको संयोजकत्वमा टिकट व्यवस्थापन समिति र सदस्य रामचन्द्र बुडाको संयोजकत्वमा ब्यानर प्रायोजन तथा व्यवस्थापन समितिको जिम्मेबारी दिएको छ ।

 

१० दिनसम्म संचालन हुने महोत्सवमा २ लाख दशकले मेला अवलोकनदेखि ५ करोडको कारोबार हुने अनुमान गरिएको छ । मेला अवलोकनका लागि विद्यार्थी तर्फ ५० र सर्वसाधारण एक सय रुपैया निर्धारण गरिएको छ । मेला ३० फागुनसम्म संचालन हुनेछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व