सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नगरस्तरीय टी-ट्वाइन्टी क्रिकेट प्रतियोगिताको नगरप्रमुख चौधरीद्वारा उदघाटन

माधब पौडेल, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगर खेलकुद समितीले सहिद दिवसको असवरमा आयोजित नगरस्तरीय प्रथम मेयर कप टी-ट्वाइन्टी क्रिकेट प्रतियोगिता एवं पालिका स्तरिय अन्तर बिधालय नृत्य प्रतियोगिताको बेलौरी  नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उदघाटन गर्नुभएको छ।

मंगलबार सहिद दिवसको अवसर बेलौरी बजार परिक्रमा गरि प्रभातफेरीको आयोजना गरिएको थियो।कार्यक्रमको सभापति नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपाने,प्रमुख अतिथी बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी,बिशिस्ट अतिथि बेलौरी नगरपालिका का नगर उपप्रमुख जोगराम चौधरी अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रबक्ता हर्कबहादुर भुल,शिक्षा प्रेमी प्रेम सिंह बोहरा लगायत सुरक्षाकर्मी ,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

 

पालिका स्तरिय अन्तर बिधालय नृत्य प्रतियोगिता समेतको आयोजना गरिएको कार्यक्रममा नृत्य बिधामा सनराइज बिधा सदन बेलौरी प्रथम स्थान वात्सल्य बिधा निकेतन बेलौरी,दित्तिय र तृतीय स्थान सरस्वती माध्यमिक बिधालय बुटाबारी र ब्राइट स्टार बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको बेलौरी नगर खेलकुद समितीका सदस्य तेज बहादुर चन्दले जानकारी दिनुभयो।नृत्य प्रतियोगितामा बिधालयको सहभागिता रहेको थियो।१५ सामुदायिक तथा सस्थागत बिधालयको सहभागिता रहेको बेलौरी नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख अमित भट्टले जानकारी दिनुभयो। प्रथम  हुने रु २ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र,दित्तिय रु २ हजार ट्रफी मेडल र प्रमाणपत्र तृतीय रु १ हजार ५ सय ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वनामा  नगद रु १ हजार प्रदान गरिने बताउदै समापन कार्यक्रममा पुरुकृत गरिने समेत बताउनुभयो।

नगर खेलकुद समितीले बेलौरी नगरपालिकाभित्र रहेका सस्थागत एवं सामुदायिक बिधालयमा अध्ययन गर्ने १९ वर्षमुनीका बिद्यार्थीहरु लाई खेलमा सहभागी गराइएको  बेलौरी नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपानेले बताउनुभयो।खेलमा बिजेता हुने टिमले रु २५ हजार ट्रफी,मेडल र प्रमाणपत्र ,उपबिजेता टिमलाई रु १५ हजार  ट्रफी,मेडल र प्रमाणपत्र सहितको पुरस्कर प्रदान गरिने  अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो।नगर खेलकुद समितीले  यसअघि ब्याडमिन्टन,फुटबल ,भलिबल ,राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ।

 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.