कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ बनगाउँ निवासी मनिषा बोकटीले आफ्नो जन्मदिनको अवसरमा अनाथालयमा शैक्षिक सामग्री र फलफूल वितरण गरेकी छन्। बोकटीले आफ्नो २३ औँ जन्मदिनको अवसरमा महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालबालिकाहरूलाई फलफूल र शैक्षिक सामाग्री वितरण गरेकी हुन्।

पछिल्लो समय युवाहरू आफ्नो जन्मदिन होटलमा गएर मनाउने र फजुल खर्च गर्ने परिवेश रहेको अवस्थामा आफूले होटलमा गएर फजुल खर्च गर्न नचाहेर अनाथ बालबालिकालाई शैक्षिक सामग्री र फलफूल वितरण गरेर जन्मदिन मनाएको बोकटीले बताइन्। साथै होटलमा गएर आफ्नो जन्मदिन मनाएर खर्च गर्नु भन्दा पनि अनाथालयमा आएर सक्दो सहयोग गर्न उनले आग्रह गरीन्।














Discussion about this post