साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा आएको छ।
आज ३०७ स्क्रिप्टको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँमा खरिदबिक्री भए।
बिहीबार १२ वटा कम्पनीको सर्किट लेभलमा कारोबार भयो। निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ, हिमालयन रिइन्सुरेन्स, मेघा म्युचियल फन्ड, भुगोल इनर्जी, तमोर थ्री स्टार हाइड्रोपावर, मनकामना इन्जिनियरिङका लगानीकर्ताले सर्वाधिक कमाए।
यसदिन १२१ कम्पनीको मूल्य बढ्दा ११७ वटाकै मूल्य घट्यो। ९ कम्पनीको मूल्य भने स्थिर रह्यो। अन्नपूर्ण पोस्ट बाट साभार








Discussion about this post