Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै बैतडाका दल बहादुर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिका ४ बैतडाका दल बहादुर बोहराले थोरै जग्गामा तरकारी खेती गरी घर खर्च सहज रुपमा चलाउदै आउनु भएको छ । चार कठ्ठा जग्गामा व्यवसायीक तरकारी खेती गरेर उहाँले वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आउनु भएको छ । बाह्रै महिना बोहराको बारीमा तरकारी खेती मात्रै हुने गरेको छ ।

तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उहाँलाई अहिले घर खर्च चलाउन भारत जानु परेको छैन । कोरोना महामारीका कारण भारतीय शहर बैंग्लोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्ष अघि घर फर्केका हुन । घर फर्केका बोहराले तीन वर्ष देखि व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनु भएको छ ।

तरकारी खेतीबाटै उहाँको परिवारको घर खर्च सहज रुपमा चल्न थालेको छ । “विगतमा भारतमा काम गरेर घर खर्च चलाउदै आएको थिए, महिनाको १०÷१२ हजार जति पर्दथ्यो” बोहराले भन्नु भयो, “कोरोनाका कारण कम्पनी बन्द भएपछि बेखर्चि भएर घर फर्के, फर्केर केही दिन मजदुरी गरे, त्यसबाट घर खर्च चलाउन सकिने अबस्था भएन ।” उहाँ भन्नु हुन्छ, “मोवाईलमा यु टयुव हेर्थे, थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गरेको देखे,त्यस पछि तरकारी खेती गर्ने निधो गरे, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उव्जीन थाल्यो ।”

“तरकारी खेती शुरु गर्नका लागि बीउविजन, मलखाद खरिद गर्ने पैशा थिएन, जेजस्तो होला होला भन्ने भावना मनमा पैदा भयो” अगाडी थप्दै बोहरा भन्नु हुन्छ,“साथीभाई र छिमेकीबाट सापटी पैशा लिएर यु टयुवबाट तरकारी लगाउने विधि सिक्दै तरकारी रोपे, पहिलो सिजनमै सापटी लिएको पैशा तिर्न भ्याएर र घर खर्च चल्ने सम्मको आम्दानी भयो ।”

बोहराले तरकारी खेती गर्ने जग्गा भने चार कठ्ठा जती मात्रै रहेको छ । त्यही जग्गामा काउली, गोलभेडा, काँक्रा, तितेकरेला, बोडी, आलु लगायतको तरकारी मौसमी र बेमौसमी रुपमा लगाउदै आउनु भएको छ । तरकारी खेतीबाट आएको आम्दानीको पैशा खर्च गरेर उहाँले दुई वटा प्लाष्टिक टनेल निर्माण गर्नु भएको छ । आलु लगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उहाँले आम्दानी गर्दै आउनु भएको छ । अन्य लहरे तरकारी टनेल भित्रै रोप्ने गर्नु हुन्छ । तरकारी खेतीकै लागि उहाँले वर्षमा रु ६५ हजार बढी लगानी गदैैै आउनु भएको छ । लगानी कटाएर वर्षमा रु एक लाख देखि रु एक लाख ८० हजार सम्म उहाँले आम्दानी गर्दै आउनु भएको छ । तीन जनाको परिवारका लागि लताकपडा, खाद्यान्न र अन्य खर्च चल्ने गरेको बोहरा बताउनु हुन्छ ।

“श्रीमतीले दिउसो पख् नीजि विद्यालयमा थोरै तलवमा काम गर्छिन” उहाँले भन्नु भयो, “तलव वाफत आउने रकम र तरकारी बिक्री गरेर आउने रकमले तीन जनाको परिवारको घर खर्च सहज रुपमा चल्छ, विद्यालयबाट फर्के पछि श्रीमतीले पनि तरकारी खेती गर्नमा सघाउने गरेकी छिन ।”उत्पादीत तरकारी अधिकांस बारीबाटै बिक्री हुने गरेको छ । बिक्री हुन नसकेको तरकारी बोहराले साईकलमा राखेर गाउँ डुलाउदै बेच्ने गर्नु हुन्छ । तरकारी खेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठुलो परिणामा तरकारी उत्पादन गर्ने धोको रहेको बोहरा बताउनु हुन्छ । बैतोडा गाउँमा व्यवसायीक तरकारी खेती गर्ने बोहरा एक्ला किसान हुन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व