कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को दिगो विकास समृद्धिका लागि परराष्ट्रमन्त्री एनपी साउदले जनप्रतिनिधिसँग संयुक्त छलफल गरेका छन । निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका मन्त्री साउदले आफ्नो निर्वाचन क्षेत्रका तीन स्थानीय सरकारका प्रमुख, उपप्रमुख एव जनप्रतिनिधिसँग संयुक्त छलफल गरेका हुन ।
मन्त्री साउदले कृष्णपुर, शुक्लाफाँटा र वेदकोट नगरका प्रमुख, उपप्रमुख सँग स्थानीय विकास निर्माण बारे छलफल गरेको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले बताए । मन्त्री साउदका स्वकीय सचिव जोशीका अनुसार विकास साझेदारी दातृ निकायका प्रतिनिधि सहितसँग छलफल गरेका छन । कृष्णपुर नगरका मेयर हेमराज ओझा, शुक्लाफाँटा नगरका मेयर रण बहादुर महरा, वेदकोट नगरका मेयर भोजराज बोहरा सहित तीनै तहका उपप्रमुख सहितका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
संयुक्त छलफलमा मेयरत्रय ओझा, महरा र बोहराले आ–आफ्नो पालिकाको समस्या, योजना बारे केन्द्रीय सरकारबाट माग अघि सारेका छन । निर्वाचित भएको बर्ष दिनपछि मन्त्री साउदले आफ्नो निर्वाचन क्षेत्रका तीनै तहका जनप्रतिनिधिसँग संयुक्त छलफल गरेर आवश्यकता अनुरूप संघीय सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । छलफल सकारात्मक भएको र आ–आफ्नो पालिकामा केही विकास निर्माणका योजनाले गलि लिने क्षेत्र २ का जनप्रतिनिधिको भनाई छ ।









Discussion about this post