सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै मेनुका पौडेल

गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने माैका पाएकी छिन् ।

हिजाे प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’ फिल्मका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाउने मौका पाएको जानकारी दिएकी हुन् ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभाषकाे अभिनय रहेकाे फिल्म सालारका निर्माता प्रशान्त निलले मेनुकालाई गीत गाउने अवसर प्रदान गरेका हुन् ।

उनले यो अवसरलाई आफ्नाे गायन क्षेत्रको ‘टर्निङ प्वाइन्ट’ रुपमा लिएकाे बताएकी छिन् । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् । उज्यालो अनलाइन बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.