Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निर्माण व्यवसायी संघ भन्छ, ‘ईन्जिनियर अवस्थीले व्यवसायी रानालाई अनाश्यक दुख दियो’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १७, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि निर्माण व्यवसायी भीमसेन रानाले गरेको कुटपिट प्रकरणमा निर्माण व्यवसायी संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण व्यवसायी राना र ईन्जिनियरविच गत साता भएको कुटपिट प्रकरणमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

संघले जारी गरेको विज्ञप्तीमा निर्माण व्यवसायीलाई ईन्जिनियर अवस्थीले अनावश्यक दुख दिनुका साथै थुप्रै टर्चर दिएको जनाईएको छ ।

संघ कञ्चनपुरका साधारण सदस्य समेत रहेका व्यवसायी कलाकन्द कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सचालक समेत रहेका भिमसेन रानाले उक्त ठेक्काको काम गर्दा लालझाडीका ईन्जिनियर राम प्रसाद अवस्थीले अनावश्यक रुपमा दुःख दिने, प्राविधिकको आवश्यकता हुँदा उपस्थित नहुने, काम गरे पछि विभिन्न किसिमका आरोप लगाई हैरानी पार्ने लगायतका विभिन्न दुःख दिने गरेको जनाईएको हो ।

११मंसिरका दिन ठेक्काको काम भई रहेको स्थानमा आई अनावश्यक बखेडा झिकी काम नै हुन नदिने स्रोत साधन बन्द गरि निर्माण व्यवसायी र श्रमिकहरुसंग समेत अभद्र व्यवहार गर्न थालेको अवस्थामा सामान्य छलफल र विवाद भएको र कुनै कुटपिट नभएको दावि गरिएको छ ।

लालझाडी गापा र यस निर्माण व्यवसायी संघ कञ्चनपुरको रोहवरमा दुबै पक्ष विच छलफलगरी सत्य, तथ्य निरुपण गर्ने भन्ने तयारी भई रहेकै अवस्थामा निर्माण व्यवसायी रानालाई हिरासतमा लिने कार्य भएको खबरले निर्माण व्यवसायी संघ कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्माण व्यवसायीले कानून र मापदण्ड विरुद्ध काम गरेका खण्डमा कानूनी कारवाही हुनुपर्ने, ठेक्का बदर भई निर्माण व्यवसायीबाट क्षतिपुर्ति समेत असूल हुनुपर्ने बिषयमा निर्माण व्यवसायी संघ कञ्चनपुर सदा तयार रहेको घोषणा गरिएको छ । ‘संघले कानूनी राज्यमा विश्वास गर्ने र सबै कार्य कानून अनुरुप हुनुपर्नेमा कडा दावी राख्छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘निर्माण व्यवसायीले कानून बमोजिम लिएको ठेक्काको काम हुदा कानून विपरित दखल गर्नु कानून सम्मत हुदैन ।’

संघका अध्यक्ष निरन्जन प्रशाद भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटना दुःखद भएको र यस बिषयमा सम्बन्धित निकायले स्वच्छ र यर्थात अनुसन्धान गरि दोषिलाई उचित कानूनी कारवाही हुन संघ बिषेश माग राख्दै समयमै आवश्यक कारवाही र छानविन नभएमा निर्माण व्यवसायी संघ कञ्चनपुरले कडा कदम चाल्न बाध्य हुने जनाईएको छ ।

उक्त घटनाका कर्मचारी ईन्जिनियरको पक्षमा र निर्माण व्यवसायी सहितका केही स्थानीय ठेकेदारको पक्षमा देखिएका छन ।

कुटपिट भएपनि ईन्जिनियर अवस्थी कार्यालयमा उपस्थिति नभएको पालिकाले जनाएको छ । भने, कामकाज समेत प्रभावि भएको छ ।

ईन्जिनियरले राना जस्तै अन्य ठेकेदार, उपभोक्ताबाट कमिसन खाएर पालिकामा योजना गुणस्तहिन बनाएको आरोप लगाएर १३ मंसिरमा पालिकामा बिरोध प्रर्दशन गरेका थिए । भने, राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गर्नेमाथि कार्बाहीको माग अघि सारेर कर्मचारी संघ संगठनले माग अघि सारेका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरले समेत उक्त घटनामा ईन्जिनियरले घुस मागेको र निर्माण व्यवसायीले कामको गुणस्तरविषयमा अध्ययन गर्ने जनाएको छ । गत बर्ष निर्माण व्यवसायी भीम सेना राना संचालक रहेको कन्दकला कष्ट्रक्सन एड सप्लायर्स प्रालिले कञ्जमा सडक कालोपत्रे जिम्मा पाएको थियो । ईन्जिनियर अवस्थीले गुणस्तरको विषयमा प्रशन गर्दा कुटपिट गरेको बताएका थिए, भने ठेकेदार रानाले आफुसग ईन्जिनियर अवस्थीले डेढ लाख रुपैया घुस मागेकाले विवाद चर्किदा घकेदाधकेल मात्रै भएको बताए । उक्त प्रकरणमा ईन्जिनियरले न्यायका लागि ठेकेदार राना बिरुद्धमा प्रहरी र ठेकेदार रानाले ईन्जिनियर अवस्थी बिरुद्धमा अख्तियारमा उजुरी दिएका छन । उक्त घटना पछिका बाँकी रहस्यमाथि अनुसन्धान गर्न समेत स्थानीय स्तरबाट माग गरिएको छ । कर्मचारी संघ संगठनहरुले ठेकेदारमाथि कार्बाहीको माग अघि सारेका छन । केही स्थानीयले हरेक योजनाबाट कमिसन खाने भ्रष्टाचारमा लिप्त ईन्जिनियरमाथि कार्बाहीको माग अघि सारेर पालिका बिरुद्धमा बिरोध प्रर्दशनले कार्यालयमा असहज अवस्था सृजना भएको छ । उक्त प्रकरण साम्यको साटो दैनिक बल्झिरहेको छ । जसका कारण पालिकाको विकास निर्माणको कामकाज प्रभावित भईरहेको छ । यसतर्फ ध्यान दिनुपर्ने सरोकारवालाले दुवै पक्षसंग अनुरोध गरेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व