कञ्चनपुर, मंसिर ८ अखिल क्रान्तिकारी कञ्चनपुरले भुकम्प पीडितलाई राहत पठाएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले जाजरकोट–रुकुमका भुकम्पपीडितका लागि राहत पठाएको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले भुकम्पपीडितका लागि जिल्लाबाट क्रान्तिकारीले खाद्यान्न राहत पठाएको बताए । क्रान्तिकारी जिल्ला संयोजक विष्टका अनुसार २१क्यिुन्टल चामल पठाईएको छ ।
शुक्रबार कञ्चनपुर९महेन्द्रनगर०देखि राहत पठाएको उनले बताए । क्रान्तिकारी संयोजक विष्टले पाटी केन्द्रीय सदस्य गोबिन्द तिमिल्सिना, अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज किशोर भट्ट, पुर्व अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सिके भट्ट, विद्यार्थी नेता पुष्कर साउद सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा उक्त राहत पठाईएको छ । अखिल क्रान्तिकारीले भूकम्पपीडितकालागि आगामी दिनमा थप राहत, उद्दार एव पुर्ननिर्माणका काममा खटिने जनाएको छ ।









Discussion about this post