Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हुलाकी सडक निर्माणका लागि रास्वपा बेलडाँडीको पैदलयात्रा अभियान शुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २२, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । निर्माण कम्पनी(ठेकेदारले) कञ्चनपुरमा हुलाकी सडक अलपत्र छाडेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दैजी–डोकेबजार पैदल यात्रा अभियान शुरु गरेको छ । दक्षिणी क्षेत्र भएर कैलाली–कञ्चनपुरका सदरमुकाम(धनगढी–महेन्द्रनगर) जोड्ने हुलाकी राजमार्ग निर्माणका ठेकेदारले चरम ढिलासुस्ती गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीले बुधबारदेखि दैजी–डोकेबजार पैदल यात्रा अभियान गर्न लागेको हो ।

पुर्वपश्चिम महेन्द्र राजमार्ग बेदकोट नगरपालिका ३दैजीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी बेलौरी र पुनर्वास हुँदै डोकेबजारसम्म अभियान संचालन गरिनेछ । अलपत्र हुलाकी सडक शिघ्र निर्माणको माग अघि सारेर सरकारलाई दवाव दिनका लागि दैजी–डोकेबजार पैदल यात्रा अभियान गर्न लागेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरका नेता एव दैजी–डोकेबजार पैदल यात्रा अभियानका संयोजक जनक सिह धामीले तीन बर्षमा सक्नुपर्ने काम दोब्बर बढि सात बर्ष समय लगाउँदा समेत पुरा नगरेपछि सरकार सहित सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनका लागि अभियान संचालन गर्न लागेको बताए ।

‘हाम्रो उदेश्य समयमै सडक निर्माणका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराएर शिघ्र निर्माण गराउनु हो, ‘उनले भने, ‘यस अघि पनि हामीले व्यक्तिगत तथा संस्थागत रुपमा हुलाकी सडक निर्माणको काम दवावमुलक गरेका थियौँ, आज पार्टीबाट सृजनात्मक अभियान संचालन गरिरहेका छौँ ।’ बुधबार दैजीदेखि बेलडाँडी बेलौरी, पुनर्वास हुँदै बिहीबार डोकेबजारमा पुगेर समापन गरिने संयोजक धामीले बताए । त्यसपछि सरकारी अन्य निकायमा दवावमुलक कार्यक्रम गरिने बताउँदै सयोजक धामीले अभियानकै दौरानामा हस्ताक्षर अभियानदेखि सुझाव संकलन गरिने बताए । अभियानका संयोजक धामीले ठेकेदार कम्पनीबाट चरम ढिलासुस्ती लार्पबाही भएकै कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । कालोपत्रे गरेको सडक समेत भत्किने बिग्रीन लागेको अझैपनि पुरा काम गर्न नसकेको बताए । संयोजक धामीले सडक कालोपत्रे, ढल निर्माण, पुल पुलेसा अझै बाँकी रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेजसिह धामीले दक्षिणी क्षेत्रका जनताका समस्या केन्द्रीत गरेर पार्टीले उक्त विषय उठान गरेर रोकिएको सडक निर्माण कार्य अघि बढाउने उदेश्य रहेको बताए । सभापति धामीले जनताका यात्रादेखि आम नागरिकका समस्यालाई मध्य नजर गर्दै सडक निर्माणका लागि अभियान संचालन गर्न थालेको बताए । ‘हिउँदमा धुलाम्मे, बर्षातमा हिलाम्मे हुँदा हामीहरुलाई दैनिक कामकाजमा समेत समस्या भईरहेको छ, ‘उनले भने, ‘यति समस्यामा पर्दा समेत सरकारले सडक निर्माण कार्यमा ध्यानै दिएको छैन ।’

बेलडाँडी स्थानीय युवा एव रास्वपा सुप प्रदेश शिक्षा समिति सदस्य निश्चत जोशीले सडक निर्माण कार्यमा चरम लार्पबाही हुँदा विद्यार्थी सहितका आम नागरिक समस्यामा परेको बताए । ‘सडक निर्माण कार्यमा निर्माण र सरकार पक्षबाट समेत वेवास्था भएको छ, ‘उनले भने, ‘सडककै कारण समग्र दक्षिणी क्षेत्रको बृद्धि विकासमा प्रभाव परेकोहुँदा पार्टीले दवावदिन पैदल यात्रा नै गर्नुप¥यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र महताले सडक निर्माणका लागि समेत दल र जनताकाले अहिले सडकमा आउनुपर्ने बाध्यता आईलागेको बताए । ‘यदी सरकारले ठेकेदारलाई शुरुवाती चरणदेखि नै काममा खटाएको भए, आज यो अवस्था आउने थिएन, ठेक्का दिएको सडक पनि सरकारलाई बनाई माग्न आन्दोलन गर्नुपर्ने बाध्यता आयो ।’ ठेकेदार कम्पनीले शुरुवाती चरणदेखि अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको हुँदा बाध्यताले पार्टीले सरकारको ध्यानाकर्षण गराउन अभियान संचालन गरेको बताए ।

कञ्चनपुरमा तीन खण्ड गरेर हुलाकी सडक ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा रहेका छन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ६५ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ । ०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।

कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीविच १ फागुन ०७३ देखि भदौँ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुरुप काम भएन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक ३० चैत्र ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रो पटक ४ साउन ७७, तेस्रो पटक २ माघ ०७७, चौथो पटक ३० चैत्र ०७८ मा थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाचौँ पटक म्याद थपका लागि फाईल पेश गरेको छ । पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशत मात्रै प्रगति भएको छ ।

दोस्रो खण्डको बाबाहंस सिद्धिकीशाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ । बाबाहंस सिद्धिकीशाही र हुलाकी राजमार्ग आयोजना विच १२ फागुन ०७३ देखि २६ भदौँ ०७६ मा निर्माण कार्य सक्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको चार पटक म्याद थप हुँदा समेत उक्त निर्माण कम्पनीले काम गर्न सकेको छैन । सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक ७७ बैशाख १२, दोस्रो पटक ७ मंसिर ०७७, तेस्रो पटक ७ जेठ ०७८, चौथो पटक १ माघ ०७८ सम्म म्याद थप भएको थियो । चार पटक म्याद थप गर्दा समेत काम गर्न नसकेपछि पाचौँ पटक म्याद थपका लागि निर्माण कम्पनीले आयोजना कार्यालयमा फाईल पेश गरेको उक्त सडक खण्डको प्रगति ७५ प्रतिशत रहेको बुझिन्छ । कुल ६२ किलोमिटर सडक निर्माण हुनुपर्नेमा हालसम्म ५५ प्रतिशत मात्रै प्रगति भएको पाईन्छ । गत असारमा चार÷चार पटक म्याद थप गर्दा समेत समयमै काम गर्न सकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले निर्माण कम्पनी बिरुद्धमा सुचना नै प्रकासित गरेपनि शक्ति केन्द्र नजिक रहेका ठेकेदार भएकाले आयोजना कार्यालय निरही भएको छ । शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुरामा जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ ।

हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व स्रसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईहरेको छ ।

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता भएपनि सडक पुरा निर्माण नगरेको भएपनि ६ ० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ । जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका यात्रुहरुले समेत रास्वपाको अभियानले सार्थकता पाए नागरिकलाई सहज हुने बताएका छन ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
कन्चनपुर

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
कन्चनपुर

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३
फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा
कन्चनपुर

फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

बैशाख २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

जेष्ठ २, २०८३
बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३
कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

जेष्ठ १, २०८३
द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

बैशाख ३१, २०८३
प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैशाख ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व