सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रथम टि-२० बेलडाँडी क्रिकेट मेलाको खेलतालिका सार्वजनिक, आज उद्धघाटन

केशव थापा, कञ्चनपुर : बेलडाँडी युवा समाजको आयोजनामा हुने प्रथम टि-२० बेलडाँडी क्रिकेट मेला २०८० को तयारी अन्तिम चरण संगै खेलतालिका सार्वजनिक गरिएको छ।

बेलडाँडि गाउँपालिका वडा नम्बर – २ अवस्थित रौलेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने क्रीकेट मेलाको खेल तालिका सार्वजनिक गरिएको बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्टले जानकारी दिएको छ।

बेलडाँडी क्रीकेट मेला २०८० मा कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट २८ टिमको सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको उद्धघाटन कार्तिक १७ गते आज बिहान ११ बजे हुने छ।पहिले उद्धघाटन खेल प्रगति एकता समाज र न्यु खप्तडका बिच दिउँसो १ बजे हुने खेलतालिका मा सार्वजनिक गरिएको छ।

 

Mahakali Polytechnic

क्रीकेट मेला-२०८० कार्तिक १७ देखि २५ गते सम्म सञ्चालन हुने आयोजक अध्यक्ष भट्टले बताउनु भयो। उनले भने ‘पहिलो पटक प्रथम टि-२० बेलडाँडि क्रीकेट मेलाको आयोजना गर्न लागेका छौँ , यसरी खेलकुदका गतिविधिले यस क्षेत्रको क्रिकेटको विकासका साथै बढ्दो लागूऔषध दुव्र्यवसनीलाई न्यूनिकरण गर्न प्रथम टि-२० बेलडाँडी क्रीकेट मेलाको आयोजना गरिएको हो।

World Link Ads

‘लागुऔषध त्यागौँ, स्वस्थ्य जिबनका लागि खेल तर्फ लागौँ’ भन्ने मूल नाराका साथ पहिलो चोटि आयोजना हुन लागेको क्रीकेट मेला को बेलडाँडी गाउँपालिकाको संरक्षण, बेलडाँडी गाउँपालिका नं.२ को वडा कार्यालय सह-आयोजक र बेलडाँडी युवा समाज क्रिकेट मेलाको आयोजक रहेको छ।

Sana Kishan

प्रतियोगिता टि–२० प्रणालीमा खेलाइने आयोजक मूल कमिटीका अध्यक्ष भट्टले बताए। प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ नगद, ट्रफी र प्रमाण प्राप्त गर्नेछ। उपविजेताले २५ हजार ५ सय २५ नगदसहित ट्रफी र प्रमाण पत्र मेडल हात पार्ने छ।

प्रत्येक खेलमा मेन अफ द म्याच, मेन अफ द सिरिज, बेस्ट व्याट्सम्यान, बेस्ट बलर पुरस्कारको समेत व्यवस्था रहेको छ ।

जसमा कञ्चनपुर क्षेत्र नम्बर १ भित्रको टिम हुनु पर्नेछ । उक्त बाहेक बाहिरका नेपाली नागरिक २ जना खेलाडी टिममा राख्न पाउने व्यवस्था रहेको छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.