Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमाले अध्यक्ष ओलीको निर्देशन विपरित सुदूरपश्चिममा नेतृत्व छनौट हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। २१ असोजदेखि धनगढीमा शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनमा पाटी अध्यक्ष केपी शर्मा ओलीले सहमतीमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । पाटी अध्यक्षको निर्देशन विपरित नेता कार्यकर्ताहरु चुनावी प्रकृयाबाट नेतृत्व चयन गर्न लागेका छन ।

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको उम्मेदवारीमा चार समूह देखिएका छन । यस अघि सुदूरपश्चिम एमालेमा तीन समूह थिए । तीन समूहमध्ये केन्द्रीय सचिव लेखराज भट्ट र निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारीले छुट्टाछुट्टै उम्मेदवार बनाएपछि यी दुई नेताका अलग समूह भएर चार पुगेका छन । एमाले पोलिटब्युरो सदस्य कर्ण थापाले अछामका कृष्ण जैसीलाई अध्यक्षमा अघि सारेका छन । भट्ट भण्डारी समूहबाट अछामका कमल तिमिल्सिना र कञ्चनपुरका बचन बहादुर सिँह चुनावी मैदानमा हुन ।

अध्यक्षका अर्का उम्मेदवार अछामका भरत साउँद भीम रावलको समर्थनमा उम्मेदवार भएको अनुमान गरिएका साउँद एमाले विभाजनका रावलसंगै एमाले बसेका छन । रावल लगायतका नेताले १० बँदे सहमति गरी एमालेमै बसेका थिए । यो समूहलाई एमालेमा १० बुुँदे समूह भनेर चिन्ने गरिएको छ । भट्ट भण्डारी समूहका छुट्टै उम्मेदवार भएपछि थापा समूह उत्साहित हुन पुगेको छ ।

एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलका दुई समूह सुदूरपश्चिममा एमालेमा बलिया मानिएका थिए । प्रदेश अधिवेशनसम्म पुग्दा महासचिव पोखरेल समूहमा मतभेद बढेर अध्यक्षमा दुई जना उम्मेदवार भएका हुन ।

वर्तमान प्रदेश अध्यक्ष भण्डारीले अछामका तिमिल्सिना र लेखराज भट्टले सिहदलाई सघाउने चर्चा अहिले एमाले वृृत्तमा छ । अध्यक्ष, उपाध्यक्ष सहित सबै पदाधिकारीमा भट्ट र भण्डारीका उम्मेदवार छन । एमाले सचिव भट्टको गृह नगर गोदावरीमा भण्डारीले साथ दिएका सबै प्रतिनिधि पराजित भएपछि उनी भट्टसित असन्तुष्ट छन्् । गोदावरीमा भण्डारी समूहले चुनाव बहिस्कार गरेपछि मतदान गरी प्रतिनिधि छनौट गरिएको थियो । एमालेका एक नेताले प्रदेश अधिवेशनमा चार समूह देखिएको बताए । ‘तीन समूह त छँदै थिए, अहिले दामोदर र लेखराजजीको छुट्टै समूह पनि थपियो’ ती नेताले भने,‘उम्मेदवारी पनि त्यसै अनुसार परेको छ ।’प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, प्रदेश कमिटी सचिवालय सदस्य एवम् पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचन बहादुर सिंहले प्रदेश अध्यक्षमा उम्मेदवारको मनोनयन दर्ता गराएका छन । प्रदेश अधिवेशनको लागि अध्यक्ष सहित ५ पदाधिकारी पदमा २३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा चार जना, उपाध्यक्षमा ७, सचिवमा ४ र उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन ।

उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ। सचिवमा भने रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवनकुमार बम छन भने उपसचिव ९महिला ० तर्फ भागरथी विष्ट कन्दकला कुमारी राना र अर्चना गहतराज तथा उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन ।

कञ्चनपुरबाट अध्यक्ष सिह सहित उपाध्यक्षमा शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महरा, उप सचिव खुल्लामा अशोककुमार चन्द, नर बहादुर बिक, सुरेन्द्र बहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट उम्मेदवार भएका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन सर्वसम्मत प्रदेश कमिटी बनाउन महासचिव पोखरेललाई जिम्मा दिएर फर्किएका थिए । महासचिव पोखरेलले बन्द सत्र सुरु नगरी दुई दिनसम्म सहमतिको प्रयास गरेका थिए ।

प्रदेश अध्यक्षमा जैसी र तिमिल्सिनाले अन्तिमसम्म दावी नछाडेपछि सहमति नभएर निर्वाचन प्रक्रिया थालिएको हो । प्रदेश अध्यक्षका उम्मेदवार जैसीलाई एमाले पोलिटब्युरो सदस्य कर्ण थापा र तिमिल्सिनलाई एमाले केन्द्रीय सचिव लेखराज भट्ट र निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी गुटले साथ दिएको छ । एमालेका पूर्व उपाध्यक्ष भीम रावलले थापा समूहलाई सहयोग गर्ने जानकारी बाहिर आएका छन । रावल समूहका ५० प्रतिनिधि हुन सक्ने बताइएको छ ।

उनलाई प्रदेश अधिवेशनमा आमन्त्रण नगरिएपछि उनी समर्थक कार्यकर्ताले उद्घाटन सत्रमा खोजी गरेका थिए । एमाले सुदूरपश्चिमका केही नेता कार्यकर्ताहरुले पाटी अध्यक्षले निर्देशन दिएको भन्दै कहाँ सहमती हुने लोकतान्त्रिक प्रकृयाबाट उम्मेदवार छनौट गरिरहेको दावि गरेका छन । प्रदेश अधिवेशनका सबै जिल्लाका ६ सय ७५ प्रतिनिधिले मतदान गर्न पाउने भएका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व