Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालको असफलताको मुख्य अन्तरविरोध अमेरिकी हस्तक्षेप : विप्लव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २८, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गणेश एसके/कञ्चनपुर : नेपालको वर्तमान राज्य व्यवस्था असफलता तिर लैजाने मुख्य अन्तरविरोध फेरिएको नेकपा महासचिव नेत्र विक्रम सी (विप्लव) ले बताएका छन । बुधबार कञ्चनपुरमा आयोजित नेकपा सेती तथा महाकाली ब्युरोको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले अहिलेको राज्य सत्ताको मुख्य अन्तरविरोध दलाल पूँजीवादी मात्रै नभएर अमेरिकी हस्तक्षेप रहेको बताएका हुन् ।

प्रमुख अतिथिका रूपमा सहभागी नेकपा महासचिव विप्लवले हिजोको जस्तो एकल रुपमा रहेको दलाल पूँजीवादी मात्रै नेपाली जनताको दुश्मन नरहेको उनले बताए । विप्लवले भने , “ पछिल्लो समयमा विभिन्न माध्यमबाट बाह्य हस्तक्षेप बढेको र त्यसमा पनि अमेरिकी साम्राज्यवादी शक्ति बढ्दो रहेको छ ।” जसरी पनि नेपालका कम्युनिष्टहरुलाई सिध्याउनु पर्छ भन्ने योजना सहित नेपालमा अमेरिका सैन्य शक्ति सहित भित्रिन खोजेको उनले बताए । “सहयोगको नाममा एमसीसी परियोजना मार्फत अमेरिका नेपालमा सेना ल्याउन खोज्न लागेको छ र नेपालमा एमसीसी कार्यान्वयन हुन नदिन नेकपाले निरन्तर संघर्स गर्दै जाने छ , विप्लवले भने ।

कतिपय एनजीओ, आएनजीओ को नाममा विदेशी शक्तिले नेपालका जनतालाई विकास र समृद्धिका नारा देखाएर नेपाली जनतालाई निरास बनाउन ठूलो भूमिका खेलिरहेको विप्लवको भनाइ छ । वर्तमान समयमा नेपालको सामाजिक सदभाव बिगार्ने लक्ष्य सहित धर्म र पहिचानको नाममा द्वन्द्व निम्त्याउने खेल भइरहेको पनि उनले बताए । महासचिव विप्लवले अमेरिकी हस्तक्षेप रोक्न , राष्ट्रियताको पक्षमा संघर्ष गर्दै नेपाली विशेषताको समाजवाद स्थापना समाजवादी मोर्चा नेपालको स्थापना भएको बताए । आगामी दिनमा समाजवादी मोर्चालाई निरन्तर अगाडि बढ्ने पनि उनको भनाइ छ । अहिले समाजवादी मोर्चालाई अलग गर्नका लागि बाह्य रुपमा षडयन्त्र भइरहेको छ , विप्लवले भने । देशमा हरेक क्षेत्रमा रहेका भ्रष्टाचार, अनियमितता, घुसखोरी र कमिसन लगायतका समस्याको मूल कारण दलाल संसदीय व्यवस्था रहेको र यसको समाधानका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्न अपरिहार्य रहेको उनले बताए ।

राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकाप पोलीट ब्युरो सदस्य विकल्प सी ले गरेका थिए ,नेकपा सेती ब्युरो इन्चार्ज भगत सी ले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने प्रशिक्षणमा सुदुरपश्चिमका सबै जिल्लाबाट नेकपाका कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व