सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा कांग्रेसको वडा सम्मेलन सम्पन्न

प्रकाश भट्ट/कञ्चनपुर – वेदकोट नगरपालीकामा कांग्रेसले वडा सम्मेलन सम्पन्न गरेको छ । नगर भित्रका १० वटै वडामा नेपाली कांग्रेसले सम्मेलन सम्पन्न गरेको नेपाली कांग्रेस वेदकोटका नगर सचिव पवन नेपालीले बताएका छन्।

सचिव नेपालीका अनुसार नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक ६ महिनामा गर्नु पर्ने वडा सम्मेलन स्थानिय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कारण हुन् नसकेको र हाल आएर वडा सम्मेलन सम्पन्न गरिएको हो।

उनले भने ‘ नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक ६ महिनामा गर्नु पर्ने वडा सम्मेलन स्थानिय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कारण हुन् नसकेको र हाल आएर वडा सम्मेलन सम्पन्न गरेका हौँ।’

Mahakali Polytechnic

विधान अनुसार क्रियशील सदस्य प्रत्येक १ बर्षमा नविकरण गर्ने व्यवस्था अनुसार सबै वडामा क्रियशील सदस्य नवीकरण भइरहेको र २५ गते भित्र सबै वडाका क्रियशील सदस्य नविकरण गरेर नगरमा अध्यावधी गर्ने नगर सचिव नेपालीले जानकारी दिएका छन्।

World Link Ads

Sana Kishan

त्यसैगरी सोमबार वेदकोट नगरपालिका वडा नम्बर २ को वडा सम्मेलन वडा सभापती कर्बिर सिङ बोहराको सभापतित्वमा तथा कांग्रेका कञ्चनपुर जिल्ला कार्य समिती सदस्य वीर सिङ कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य दिपेन्द्र देउबा, नगर सभापती भोज राज भट्ट, जिल्ला सदस्य मन्जु सिङ लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

वेदकोट नगर कार्य समितीको आयोजनामा तथा कांग्रेसका सम्पूर्ण क्रियशील सदस्यहरुको उपस्थितिमा वडा सम्मेलन सम्पन्न गरिएको वडा कार्यसमिति सचिव उदय सिह बिष्टले बताउनुभयो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.