Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शरीरलाई आइरन किन चाहिन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १०, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रोटिन, भिटामिन, खनिज पदार्थ, कार्बोहाइड्रेट, फाइबर, गुड फ्याट, कोलेस्टेरोल र आइरन मानव शरीरका लागि चाहिने अत्यावश्यक पोषक तत्व हुन् । अन्य सबै पोषक तत्वबारे चर्चा भइरहे पनि आइरनबारे भने कमै भएको देखिन्छ ।

सामान्य भाषामा आइरन भनेको फलामजन्य तत्व हो । यसलाई ए सूक्ष्म प्रोटिन पदार्थ पनि भनिन्छ । जुन मानव शरीरको लागि अत्यावश्यक प्रोटिन पदार्थको रुपमा लिइन्छ । यो एकदम थोरै मिलिग्राममा मात्र चाहिने तत्व हो । यसले शरीरमा भएको रगतलाई रातोपन दिने प्रमुख तत्व हो ।

 

यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्त कोषिकाहरु निर्माण गर्न मद्दत गर्छ । यसले रगतमा भएको हेमोग्लोबिन नामक प्रोटिनको स्तर बढाउने काम गर्छ । जसको काम फोक्सोबाट अक्सिजन लिएर रगतको माध्यमबाट मानव शरीरका विभिन्न अंगहरुमा अक्सिजन पु¥याउने काम गर्छ । जुन मानव शरीर सञ्चालनका लागि अति महत्वपूर्ण प्रक्रिया हो । जति रगतको रंग रातो हुन्छ त्यति शरीरमा अक्सिजनको मात्रा बढ्छ । यसले शारीरिक विकासमा मद्दत पु¥याउँछ ।

आइरनका कमी भएमा के हुन्छ ?

शरीरमा आइरनको कमी भएमा शरीरमा रातो रक्त कोषिकाहरुको कमी हुने, रक्त कोषिकाहरु नष्ट हुँदै जाने वा शरीरद्वारा रातो रक्त कोषिका निर्माण प्रक्रियामा कमी हुने समस्या उत्पन्न हुन्छ ।

यसबाहेक आइरनको कमीले शरीरमा अल्छीपना हुने, कुनै कुरामा ध्यान केन्द्रित नहुने, सुतिइरहु जस्तो लाग्ने, शरीर कमजोर हुने, शरीर सुस्त हुँदै जाने, थोरै काम गर्ने बित्तिकै शरीर गलिहाल्ने गर्छ । साथै शरीरमा पोषण पदार्थको कमी हुने सम्भावना हुन्छ ।

यस्तै यसको अत्यधिक कमी भएमा रक्तअल्पता अर्थात् एनिमिया रोग लाग्ने जोखिम हुन्छ । एनिमिया शरीरमा रगतको कमीका कारण हुने गर्छ ।

लक्षणहरु

एनिमिया भएमा हातखुट्टा सेतो भएर जाने, आँखाभित्र सेतो देखिने, मुख सेतो र पहेंलो हुने, हातखुट्टाको नङ सेतो हुने, उठ्न मन नलाग्ने, रिंगटा लाग्ने, वाकवाक लाग्ने, अपच हुने, खुट्टा सुन्निनेजस्ता समस्या आइरनको कमीले हुन्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

कसलाई हुन्छ एनिमियाको जोखिम ?

पुरुषलाई भन्दा महिलालाई एनिमियामा समस्या हुन्छ । महिलामा महिनावारीका कारण महिनैपिच्छे रगतको नाश भइरहेको हुन्छ । जसले रगत बन्ने प्रक्रिया छिटोछिटो हुन्छ । शरीरमा पुनः रगत निर्माणको लागि गर्भवती महिला र दूध खुवाउने आमालाई आइरनको अति जरुरी हुन्छ । किनकि दूधबाट बच्चालाई आइरन पूर्ति भएको हुन्छ । जसले आमालाई आइरनको कमी हुने सम्भावना बढी हुन्छ ।

यदि गर्भावस्थामा रक्त अल्पता भएर आइरनको कमी भएमा बच्चाको वृद्धिमा समस्या हुने, गर्भ तुहिने, गर्भावस्थामा बच्चाको मृत्यु हुने र आमाको मृत्युसमेत हुन सक्छ ।

केमा पाइन्छ आइरन ?

फर्सी, कर्कलो, मेथीको साग, तोरी, पालुंगोको सागमा बढी मात्रा आइरन पाइन्छ । चुकन्दर, अनार, गाँजर, आलुबखडा, सुन्तला, कागती, अमला, केरा, अम्बा, स्याउमा आइरन बढी पाइन्छ । यीबाहेक ड्राइफुड किसमिस, बदाम, काजु, पेस्तामा पनि आइरन धेरै मात्रामा पाइन्छ ।

यसमध्ये पनि सबैभन्दा चुकन्दर, अनार, कर्कलो, अमलालाई मुख्य स्रोतको रुपमा लिइन्छ । चुकन्दरको पातमा आइरन हुन्छ । यी खानेकुरा खाँदा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ । शरीरमा रातो रक्तकोषिका निर्माणमा ह्रास हुन दिंदैन ।

फलामको भाँडामा पनि पाइन्छ आइरन ?

फलामको भाँडामा पकाएर खाएको खानेकुरा पनि आइरन पाइन्छ । त्यसमा पकाएर खाँदा खानेकुरामा केही फलामको तत्व मिसिएको हुन्छ । उहिले शरीरमा आइरनको पूर्ति यसै फलामको भाडाबाट हुने गर्थ्यो । त्यसैले फलामको भाँडामा तरकारी पकाएर खानु उत्तम मानिन्छ । तर आजभोलि भाँडाकुँडा थरीथरीका आएपछि फलामको भाडामा प्रयोग गरेको देखिंदैन । त्यसैले आइरनको लागि तरकारी, फलफूल, ड्राइफुड सेवन गर्नुपर्ने हुन्छ ।

कति मात्रामा खाने ?

दैनिक यति नै आइरन खानुपर्छ भनेर तोकिएको छैन । यो मानिसको शारीरिक बनावट, दैनिक खानपान र शारीरीक प्रतिरक्षा अवस्थामा भरपर्छ । आइरनको आवश्यकता छुट्टाछुट्टै हुने गर्छ ।

आइरनमा कमी हुन नदिन के गर्ने ?

यसको लागि दैनिक खानपानमा पर्याप्त मात्रामा आइरनयुक्त सागपात, दाल, फलफूल र ड्राइफुडको सेवन गर्नुपर्छ । त्यस्तै गर्भवती महिलाको हकमा चिकित्सकको सल्लाहअनुसार आइरन चक्कीको सेवन गर्नुपर्छ । सामान्यतया गर्भवती महिलालाई जाँच गराएकै दिनदेखि दैनिक आइरनको चक्की सेवन गराउने गरिन्छ । त्यस्तै आवश्यकता अनुसार हप्तामा एकचोटि खान सकिन्छ ।

कहिलेबाट खान सकिन्छ ?

गर्भवती अवस्थामा दूध खुवाउने महिला, रक्तअल्पता बढी भएमा, आइरन चक्की सेवन गर्नुपर्छ । त्यस्तै पछिल्लो समय महिलामा आइरनका कारण एनिमियाको समस्या देखिन थालेपछि सरकारले किशोरीहरुको हकमा १० वर्षको उमेरदेखि नै आइरन चक्की खुवाउँदै आएको छ । यसको कमीले भविष्यमा हुने गर्भसम्बन्धी न्यूनीकरण गर्न मद्दत गर्छ ।

उपचार

एनिमिया भएको लक्षण देखापरेमा बिरामीलाई चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । यदि सामान्य लक्षण भएमा खानपिनमा आइरनयुक्त खानेकुरा खान सकिन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व