Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के पाइन्छ कफीमा ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २६, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कफी अहिले सबैले रुचाउने पेय पदार्थमध्ये पर्छ । कसैलाई भेट्नुप¥यो कफी खाँदै गफिने गरिन्छ । कुनै मिटिङ गर्नुप¥यो कफी नै अर्डर गर्ने चलन छ । अझ कफीका पारखीहरु त जतिबेला पनि कफी पिउन तम्सिहाल्छन् ।

अधिकांश कफी पारखीको भनाइ हुन्छ, ‘कफीमा जादू नै त्यस्तो हुन्छ, पिउने बानी परेपछि एकछिन नपिएमा तलतल लाग्ने । दिनको एक कप नपिए शरीरको फूर्ति नै हराएको जस्तो हुन्छ ।’

उनीहरुलाई यस्तो लाग्नु स्वभाविक नै भएको जनरल फिजिसियन डा. उदय सिंह बताउँछन् । ‘कफी दिनमा तीन–चार पटक खाने बानी छ भने बिस्तारै लतमा परिणत हुँदै जान्छ । त्यसैले एक दिन नखाँदा पनि तलतल गराउँछ र खाने वातवारण नहुँदा शरीर शिथिल भएको अनुभव गराउँछ,’ उनी भन्छन् ।

यस्तोमा प्रश्न आउँछ, खासमा कफीमा त्यस्तो के पाइन्छ, जसको कमी हुँदा व्यक्तिलाई तलतल नै लाग्छ ?

डा. सिंह भन्छन्, ‘कफीमा क्याफिनको मात्रा अत्यधिक हुन्छ । क्याफिन शरीरले नियमित रुपमा ग्रहण गरिरहेको छ भने यसको लत लाग्ने गर्छ । दिमागलाई पनि यसको स्वादको बानी पर्छ । एकदिन पनि नखाँदा शरीरलाई के नपुगेको जस्तो अनुभव हुन्छ ।’

यो लत अहिले संसारभर नै छ । एक अध्ययनअनुसार विश्वभरका मानिसले हरेक दिन लगभग दुई लाख २५ हजार बिलियन कप कफी पिउँछन् । ‘कुनै पनि लत बस्नु कुलत नै हो भन्दा फरक नपर्ला । कफीको लत पनि त्यस्तै हो । कफीको लत बस्यो भने त्यो बिना बस्न नसक्ने अवस्था हुन्छ, डा. सिंह भन्छन्, ‘शरीरले अत्यधिक मात्रा कफी वा क्याफिन नै खोज्छ । यो स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन ।’ त्यसैले लत लागेमा विस्तारै त्यसको मात्रा घटाउँदै लैजानुपर्ने उनी सुझाउँछन् । किनकि सही मात्रामा पिउन सके यसका धेरै फाइदा लिन सकिने उनको भनाइ छ ।

कफीले के फाइदा गर्छ ?

मस्तिष्कलाई एकाग्रता, शरीरमा स्फूर्ति

डा. सिंहका अनुसार कफी पिउने बानीले मस्तिष्कलाई एकाग्र बनाउन सहयोग गर्छ । त्यसैले दिमाग धेरै खेलाएर काम गर्ने कवि, लेखक, कार्यालयमा काम गर्ने कर्मचारीले कफीलाई साथीजस्तै बनाएका हुन्छन । उनीहरु कफी नखाई दिमागमा आइडिया नफुर्ने तर्क राख्छन् । ‘यसमा हुने उच्च एन्टिअक्सिडेन्ट, क्याफिनले मस्तिष्कलाई फाइदा पु¥याउँछ,’ उनले भने । दिनहुँ तीन कप जति कफी खाँदा शरीरलाई जागरुक र फूर्तिलो बनाउने उनी बताउँछन् ।

जोन्स हप्किन्स युनिभर्सिटी स्कुल अफ मेडिसिनले गरेको एक अध्ययनले कफीमा क्याफिनको मात्रा उच्च हुने र केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित बनाउने उल्लेख गरेको छ । नतिजामा यसले थकानसँग लड्न र ऊर्जाको स्तर बढाउन सहयोग गर्ने देखिएको छ । त्यसैले कफी पिउनासाथ कतिपयले शरीरमा बेग्लै फूर्ति बढेको महसुस गर्छन् । यद्यपि धेरै क्याफिन शरीरका लागि हानिकारक छ ।

मधुमेहका लागि उपयोगी

कफी पिउनेलाई टाइप–२ मधुमेहको जोखिम कम हुन सक्छ । तर कफी पिउँदा चिकित्सकको सल्लाहमा खानु राम्रो हुने उनको सुझाव छ । सन् २०१४ मा भएको एक अध्ययनलाई आधार मानेर निकालेको निष्कर्ष अनुसार चार वर्षभन्दा बढी प्रतिदिन कम्तीमा एक कप कफी पिउने मानिसलाई टाइप–२ मधुमेहको ११ प्रतिशत कम जोखिम हुन सक्छ ।

टाउको दुखाइ कम

कफी खाने व्यक्तिलाई टाउको दुखेको छ भने राहत महसुस गराउन सक्छ । त्यसैले कुनै पनि शल्यक्रियापछि बिरामीलाई टाउको दुख्ने समस्या देखिएमा चिकित्सकले कफी खान सुझाउने गरेको डा. सिंह सुनाउँछन् ।

कलेजोलाई फाइदा

कलेजोलाई स्वस्थ राख्न कफी खानु उपयोगी हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेल बताउँछन् । ‘कफीमा पाइने क्याफिन, एन्टिअक्सिडेन्ट र अन्य यौगिकले कलेजो सुन्निएको समेत कम गर्नमा ठूलो भूमिका खेल्छ,’ उनी भन्छन्, ‘कलेजोको समस्या भएमा दिनको दुई–तीन पटक खान सिफारिस गर्छौंं ।’ कलेजोमा बोसोको समस्या हुनेका लागि पनि तीन कप कफी स्वास्थ्य सुधारमा सहयोगी हुने अध्ययनले पनि देखाएको उनको तर्क छ । त्यसबाहेक दिनको दुई कप कफी खाने बानीले अल्जाइमरका बिरामीलाई राहत दिने गर्छ ।

सीमितभन्दा बढी पिए हानि

कफीलाई पिउन जाने अमृत र नजाने विष बन्न सक्ने डा. सिंह बताउँछन् । तर दैनिक तीन कपभन्दा बढी कफी पिउँदा शरीरमा क्याफिनको मात्रा बढ्छ, जुन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । अत्यधिक कफी खाँदा अनिद्राको समस्या, छटपटी हुने, बेचैनी हुने, पेटसम्बन्धी समस्या नित्याउने डा. सिंह बताउँछन् ।

ग्यास्ट्रिकको समस्या बढाउँछ

ग्यास्ट्रिकका समस्या भएकाले कफी पिउन नहुने डा. पौडेल बताउँछन् । क्याफिनले पेटमा हुने पातलो झिल्लीलाई दखल दिन्छ, जसले अम्ल अत्यधिक बढाउँछ । जसकारण डकार आउने, पेट ढुस्स हुने, पेट फुल्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट पोल्नेजस्ता समस्या हुने डा. पौडेल बताउँछन् । ‘त्यति मात्र होइन दूध हालेको कफी त ग्यास्ट्रिकको समस्या भएकाहरुको शत्रु नै हो । दूधमा पहिला नै ग्यास्ट्रिक गराउने तत्व हुन्छ, त्यसमा क्याफिन पनि मिसिएको पेयले पेटसम्बन्धी समस्यालाई बढावा दिन्छ,’ उनी भन्छन् । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व