Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्यास्ट्रिक निको पार्ने घरेलु उपाय के छन् ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २६, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ग्यास्ट्रिकको समस्या अहिले अधिकांशमा देखिन्छ । ग्यास्ट्रिक हुँदा वाकवाकी लाग्ने, बान्ता हुने, खाना नरुच्ने, नपच्ने पेटको माथिल्लो भाग दुख्ने, पेट फुल्ने, ढ्याउ आउने, छाती तथा पेट पोल्ने समस्या हुन्छ । यसैगरी अमिलो डकार आउने, कब्जियत हुनेदेखि बढ्दै गएमा अल्सरसम्म हुनसक्छ ।

पिरो, चिल्लो, अम्लीयपन भएका, मसालेदार, नुनिलो खानेकुरा धेरै खाँदा ग्यास्ट्रिकको समस्या हुन्छ । खाना खाने तालिका नमिल्दा पनि ग्यास्ट्रिक हुन्छ । ग्यास्ट्रिक निको बनाउन आयुर्वेदले केही घरेलु उपचार सुझाएको छ ।

घरेलु उपचार

पुदिना ः पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । यसले पाचनशक्ति बढाउने काम गर्छ । बिहान बेलुका पुदिनाको जुस वा अचार बनाएर खाँदा ग्यास्ट्रिकको समस्या कम हुन्छ ।

कागती ः तातो पानी वा चिसो पानीमा बिहान बेलुका कागती राखेर पिउँदा ग्यास्ट्रिकको समस्या समाधानमा फाइदा पुग्छ ।

पुदिना ः पुदिनाको पात सफा पानी वा तातोपानीमा धोएर मुखमा चपाएर राख्न सकिन्छ । त्यस्तै यसलाई बिहान बेलुका जुस बनाएर पनि पिउन सकिन्छ । यसले पाचनप्रक्रिया बलियो बनाउन मद्दत गर्छ ।

अमला पाउडर ः दैनिक अमला पाउडर तातो वा चिसो पानीमा मिसाएर दिनको दुई पटक सेवन गर्न सकिन्छ । यसलाई बिहान खाली पेटमा सेवन गर्न सके अझ ग्यास्ट्रिकको समस्याबाट मुक्त गर्न मद्दत गर्छ ।

दालचिनी ः मसलाको रुपमा घरमा प्रयोग गर्ने दालचिनी खानेकुरा मिसाएर वा चिसो वा तातो पानीमा उमालेर सेवन गर्दा पनि पेटलाई हल्का गराउन मद्दत गर्छ ।

दही र मोही ः दही फ्रेस भएको खण्डमा खान सकिन्छ । अमिलो दही खान मिल्दैन । मोही बिहान र बेलुका खान सकिन्छ ।

त्रिफला ः त्रिफलाले पाचन शक्ति बढाउन, कब्जियत हटाउन मद्दत गर्छ । जसले ग्यास्ट्रिक कम हुन्छ । यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एकपटक लिनु उपयुक्त हुन्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउँछ । यो गर्भवती अवस्थामा सेवन गर्नु हुँदैन ।

जेठी मधु ः तातोपानीमा जेठी मधु घोलेर बिहान बेलुका सेवन गर्ने, खाना खाने समयलाई निर्धारण गरी दैनिक एकै समय खाना खाने बानी गर्नुपर्छ ।

बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बच्न सकिन्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

जटिलता

अल्सर बिग्रिंदै गएर रगत नै बान्ता समेत हुन सक्छ । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले शरीरमा रगत, क्याल्सियमको कमी हुन सक्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व