Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जलवायु परिवर्तनको असर नेपालमा पनि : ताता दिन बढ्दै, चिसा दिन घट्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २६, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जलवायु परिवर्तन लगायतका कारण तापक्रम लगातार बढिरहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलका अनुसार यो समयमा अन्य बेला भन्दा गर्मी हुने नै गर्छ । ‘त्यसमाथि पानी परेको छैन भने जलवायु परिवर्तनको पनि असर देखिन थालेको छ’, उहाँले भन्नुभयो– ‘यसले गर्दा पनि तापक्रमले नयाँ रेकर्ड बनाएको हो ।’

विश्वका अन्य देशमा जस्तै जलवायु परिवर्तनको असर बिस्तारै नेपालमा पनि देखिन थालेको कँडेलले बताउनुभयो । उहाँका अनुसार यही कारण ताता दिन बढ्दै गएको छ भने चिसा दिन घट्दै जान थालेको छ । केही दिनयता नेपालका धेरैजसो ठाउँमा तापक्रम बढिरहेको छ । केही जिल्लामा त अहिलेसम्मकै उच्च भएको छ ।

तत्काल वर्षाको सम्भावना नरहेकाले तापक्रम अझै बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । हिजो नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा अधिकतम तापक्रम अहिलेसम्मकै उच्च थियो ।

दुम्कौलीमा सबैभन्दा धेरै अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । दुम्कौलीमा यसअघि सन् १९७९ मा अधिकतम तापक्रम ४३ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो । आज पनि यही हाराहारीमा तापक्रम रहने अनुमान रहेको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले बताउनुभयो ।

यस्तै, गौर, जलेश्वर, लहान, चतरा, विराटनगर, तरहरालगायतका ठाउँमा यो जुन महिनाको अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ । गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड बनाउन थालेको हो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १२, २०८३
शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह
फ्ल्यास हेडिङ

शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह

कार्तिक ११, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न
फ्ल्यास हेडिङ

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

कार्तिक २०, २०८३
सीईओ छनोटमा १६ जना उम्मेदवार

सीईओ छनोटमा १६ जना उम्मेदवार

कार्तिक २०, २०८३
तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

कार्तिक २०, २०८३
भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

कार्तिक २०, २०८३
शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

कार्तिक २०, २०८३
प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व