सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायु स्थानीय वायुको सामान्य प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागको मौसम बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि मध्याह्न र अपराह्न छिटफुट वर्षााको सम्भावना छ। ‘मौसम बदली हुने, पानी पर्ने र रोकिने क्रम चलिरहने महाशाखाले जनाएको छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

मेघगर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। उपहार खबर बाट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.