काठमाण्डौ उपत्यकामा पानी परेको छ । आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पहाडी जिल्लासहित तराईका एक÷दुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशको मध्यभाग बाहेक अन्य ठाउँमा मौसम बदली भइ दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिजो पनि दिउँसो र बेलुका धेरै ठाउँमा पानी परेको थियो ।
गण्डकी प्रदेशका एक÷दुई ठाउँमा हिजो ठूलो वर्षासमेत भएको थियो । गएको २४ घण्टामा बाग्मती प्रदेशको नगरकोटमा ६५ मिलीमिटर, दामनमा ४२ दशमलव २ र काठमाण्डौमा २३ मिलीमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी परेको महाशाखाले जनाएको छ । उज्यालो अनलाइन बाट सभार









Discussion about this post