देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशमा तराई क्षेत्रका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना छ।
राति देशका पहाडी भूभागका आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। थाहा खबर बाट सभार









Discussion about this post