Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने जोखिम, स्वास्थ्यमा ख्याल गर्न डाक्टरको आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौसहित मुख्य सहरमा केही दिनदेखि प्रदूषण बढेको छ । अझै तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने देखिएको छ ।

सुक्खापन बढ्दा र मानवीय लापरबाहीका कारण देशका धेरै वनजङ्गलमा डढेलो लागेको र यही कारण प्रदूषण बढेको विज्ञले बताएका छन् । धुवाँ फाल्ने पुराना गाडी र सडकका धुलो लगायतका कारण पनि प्रदूषण बढेको हो ।

तत्काल पानी पर्ने र हावा चल्ने सम्भावना नरहेकाले प्रदूषण र तुवाँलो अझै बढ्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आउँदो बिहीवार र शुक्रवार देशका पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना छ । तर, त्यसअघि भने खासै पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

प्रदूषण मापन गर्ने एक्यूएयरका अनुसार अहिले पाटनमा हावाको गुणस्तर सूचकाङ्क एक्यूआई १८६ छ । यस्तै, काठमाण्डौ रत्नपार्कको १८०, कीर्तिपुरको १७४, भक्तपुरको १६९ र दाङको तुलसीपुरको १६६ रहेको छ ।

प्रदूषण एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । प्रदूषणका कारण रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन् ।

यस्तै, कतिपयलाई धुवाँधुलोका कारण घाँटीमा सङ्क्रमण भइरहेको छ भने कतिपयलाई एलर्जीको समस्या समेत देखिन थालेको छ । छाती रोग विशेषज्ञ डाक्टर निरज बमका अनुसार प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरुमा बढी असर परेको छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई छिट्टै रोगले आक्रमण गर्ने डाक्टर बमले बताउनुभयो ।

यस्तै, प्रदूषणका कारण स्मरण शक्तिमा समेत असर पर्ने डाक्टरले बताएका छन् । प्रदूषण बढिरहेकाले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे मास्क लगाउन, प्रशस्त पानी पिउन, श्वास फेर्न गाह्रो भए वा खोक्दा छाती दुखे, रगत आए तत्काल अस्पताल जान डाक्टरको सुझाव छ ।

यस्तै, प्रदूषणका कारण आँखा पोल्ने समस्या समेत देखिन थालेको छ । धुलो र प्रदूषणबाट आँखा जोगाउन डाक्टरले सिफारिस गरेका चश्मा लगाउन नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलको सुझाव छ । उज्यालो  अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना
वातावरण

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बैशाख ३०, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
वातावरण

आजको मौसम: केही स्थानमा मेघगर्जन सहित मध्यम वर्षा हुने

बैशाख २९, २०८३
देशभर वर्षा गराउने पश्चिमी वायुको प्रणाली नेपाल भित्रिदैँ
मुख्य समाचार

देशभर वर्षा गराउने पश्चिमी वायुको प्रणाली नेपाल भित्रिदैँ

बैशाख २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

बैशाख ३१, २०८३
प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

बैशाख ३०, २०८३
विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

विद्यालयको बिदा घट्यो : प्रार्थना र खाजा समय पनि निर्धारण

बैशाख ३०, २०८३
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

बैशाख ३०, २०८३
फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

फ्लोरिडा इन्टरनेशनलको एसईईमा उत्कृष्ट नतिजा

बैशाख २९, २०८३
क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

क्षति न्यूनीकरण सम्बन्धी सरोकारवालासँग समन्वय र अभिमुखीकरण सम्पन्न

बैशाख २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व