हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले यति वेला देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।
शनिबार भने सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मकालु खबर बाट सभार









Discussion about this post