सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका केही ठाउँमा बिहानैदेखि वर्षा, दिउँसो अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना

आज धेरै ठाउँको मौसम धुम्म छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायु सक्रिय भएकाले देशभरको मौसम बदली भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

दिउँसो अन्य प्रदेशमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । दिउँसोतिर काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ । उहाँका अनुसार आज र भोलिको मौसम यस्तै रहने अनुमान छ भने पर्सिदेखि मौसम खुल्दै जाने सम्भावना छ ।

Mahakali Polytechnic

यस्तै, आज राति तराई मधेसका केही क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति तीव्र हुने भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

World Link Ads

यस्तै, एसईईको परीक्षामा सहभागी हुने विद्यार्थी र काम विशेषले घर बाहिर जानेलाई छाता, रेनकोटलगायत ओडो बोक्न पनि सुझाव दिइएको छ।

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.